एमालेमा भएको सम्झौताले प्रतिनिधिसभा विघटन सम्बन्धी रिटमा कुनै प्रभाव पार्दैन : लक्ष्मणलाल कर्ण
जनता समाजवादी पार्टी नेपालका कार्यकारिणी सदस्य लक्ष्मणलाल कर्णले एमालेमा भएको १० बुँदे सम्झौताले अदालतको निर्णयलाई नपार्ने बताएका छन् । प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा फैसला हुनुभन्दा एक दिन पहिले भएको सो सम्झौताले कुनै प्रभाव नपार्ने कर्णले बताए ।
अधिवक्ता समेत रहेका नेता कर्णले एमालेमा भएको सम्झौता पार्टीको आन्तरिक विवादको विषय भएको र त्यसले सर्वोच्चको रिटसँग कुनै सरोकार नराख्ने बताए । उनले भने, ‘सर्वोच्च अदालतको रिटमा कुनै असर नपारे पनि विपक्षी गठबन्धनमा यसले ठूलो प्रभाव पार्नेछ । माधव नेपाललाई लिएर नै त्यो गठबन्धन बलियो भएको थियो । माधव नेपाल पक्षका सांसदहरु निर्णायक हुनुहुन्थ्यो अब त्यस्तो अवस्था रहने छैन ।’
अब प्रधानमन्त्री केपी शर्मा ओली झन शक्तिशाली भएको बताउँदै उनले यदि संसद पुनःस्थापना भयो भने देश झन अन्योलमा जाने उनले दावी गरे । सर्वोच्च अदालतले प्रतिनिधिसभा विघटनसम्बन्धी रिटमा सोमबार अन्तिम फैसला गर्दैछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
-
अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाण पुर्जा वितरण गरिँदै
-
संघको सिकोः गण्डकीमा पनि स्वकीय सचिव लिने तयारी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण