बिहीबार, ०३ जेठ २०८१
ताजा लोकप्रिय

अदालतको परमादेशले ओलीको बर्हिगमनका लागि बाटो खुल्यो : राष्ट्रिय जनमोर्चा

सोमबार, २८ असार २०७८, १९ : ०९
सोमबार, २८ असार २०७८

राष्ट्रिय जनमोर्चाले सर्वोच्च अदालतको परमादेशले तत्काल प्रधानमन्त्री केपी शर्मा ओलीको बर्हिगमनका लागि बाटो खुलेको बताउँदै सो निर्णयको स्वागत गरेको छ । सो पार्टीले विघटित संसदको पुनःस्थापना भएपनि त्यसका विरुद्ध हुनसक्ने सम्भावित सबै षडयन्त्रप्रति सतर्क रहन सबैलाई आग्रह समेत गरेको छ । सर्वोच्च फैसलालगत्तै पार्टी अध्यक्ष चित्रबहादुर केसीले एक विज्ञप्ति जारी गरी गत सालमा पनि संसदको पुनःस्थापना भएपश्चात पुनःस्थापित संसदका विरुद्ध ओलीले लगातार षडयन्त्र गरेको कुरा स्मरण गराउँदै सतर्क रहनुपर्नेमा जोड दिएका छन् ।

जारी विज्ञप्तिमा भनिएको छ- ‘गत सालमा पनि संसदको पुनस्र्थापना भए पश्चात् पुनस्र्थापित संसदका विरुद्ध समेत ओलीले लगातार षड्यन्त्र गरेको कुरा सबैलाई थाहा भएकै कुरा हो । अहिले पनि संसदको पुनस्र्थापना भइसकेपछि पनि त्यसका विरुद्ध ओलीले षड्यन्त्र गर्न सक्ने सम्भावनालाई नजरअन्दाज गर्न सकिन्न । सर्वोच्चले परमादेश जारी गर्ने वित्तिकै ओली पक्ष त्यसका विरुद्ध खडा भएका छन् । त्यो कार्यलाई सही मान्न सकिन्न ।’

केसीले पुनःस्थापित संसदका विरुद्ध ओलीले गर्न सक्ने सम्भावित षडयन्त्रका विरुद्ध सतर्क रहन तथा आवश्यक परे संघर्षमा उत्रिनका लागि पाँच दलीय गठबन्धनलाई आह्वान समेत गरेका छन् । अध्यक्ष केसीले फैसला निरुपणमा संलग्न प्रधानन्यायाधीश, संवैधानिक इजलासका न्यायाधीश तथा विघटित संसदको पुनःस्थापनाका पक्षमा बहस गर्ने सम्पूर्ण कानुन व्यवसायीहरूप्रति आभार व्यक्त गर्दै धन्यवाद समेत दिएका छन् । अदालतले जारी गरेको परमादेशलाई विना कुनै अवरोध कार्यान्वयन गर्न गराउन पनि सम्बन्धित सबै पक्षको उनले ध्यानाकर्षण गराएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप