बेलायतमा कोरोनाबाट थप ५० जनाको मृत्यु, अप्रिलयताकै उच्च
बेलायतमा पछिल्ला केहि दिनयता संक्रमण दरमा भएको बृद्धिसँगै मृत्युदर पनि बढ्न थालेको छ । पछिल्ला दिनहरुमा संक्रमित संख्या दैनिक तीस हजार भन्दा बढी हुँदै आएको छ । संक्रमणदर बढेपनि मृतक संख्या सामान्य रहेपनि मंगलबार मृतक संख्यामा पनि वृद्धि भएको छ ।
‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ ले मंगलबार सार्वजनिक गरेको तथ्यांक अनुसार गएको २४ घन्टामा थप ५० जना संक्रमितको मृत्यु भएको छ । यो संख्या अप्रिल ९ यताकै सबै भन्दा बढी हो । अघिल्लो दिन ६ जना संक्रमितको मृत्यु भएको थियो । यससँगै बेलायतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या एक लाख २८ हजार ४८१ पुगेको छ ।
यसैगरी पछिल्लो २४ घन्टामा ३६ हजार ६६० जना नयाँ संक्रमित थपिएका छन् । अघिल्लो दिन ३४ हजार ४७१ संक्रमित रहेका थिए । बेलायतमा कोरोना भाइरसका कारण ५१ लाख ९१ हजार ४५९ जना संक्रमित भइसकेका छन् । कोरोनाविरुद्धको खोपलाई दिइएको तीव्रतासँगै अस्पताल भर्ना हुने र मृतक संख्यामा उल्लेखनीय कमि आएको अधिकारीहरुले बताउँदै आएका छन् । सोहि कारण सरकारले खोप वितरण कार्यलाई मुख्य प्राथमिकता दिँदै आएको छ ।
बेलायतमा ८ करोड नौ लाख ७५ हजार ५०८ डोज खोप वितरण भइसकेको छ, जसमध्ये चार करोड ५९ लाख ७८ हजार १७ जनाले पहिलो र तीन करोड ४९ लाख ९७ हजार ४९१ जनाले दोस्रो डोज लगाएको ‘डिपार्टमेन्ट अफ हेल्थ एण्ड सोशल केयर’ को तथ्याङ्कमा उल्लेख छ ।
कोरोना संक्रमणका कारण अस्पताल भर्ना हुनेको संख्या पनि सामान्य वृद्धि भएको छ । पछिल्लो तथ्याँकअनुसार एक दिनमा ५६४ जना संक्रमित अस्पताल भर्ना भएका छन् । अस्पतालमा उपचार गराइरहेका संक्रमितको संख्या दुई हजार ७३१ रहेको स्वास्थ्य विभागले जानेको छ । भेन्टिलेटर बेडमा उपचार गराउनेको संख्या ४१७ छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
-
भारत भ्रमणमा रहेका रवि लामिछाने र अमेरिकी राजदूत गोरबीच भेटवार्ता
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण