शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

तालिबानको धम्की – अफगान सैनिकले आत्मसमर्पण गरोस्, टर्कीलाई पनि चेतावनी

बुधबार, ३० असार २०७८, १२ : २७
बुधबार, ३० असार २०७८

अफगानिस्तानका एक वरिष्ठ बागी नेताले तालिबानले अफगान सैनिकसँग शहरमा लड्न नचाहेको बताउँदै उनीहरुले आत्मसमर्पण गरेको देख्न चाहेको बताएका छन् ।

समाचार एजेन्सी एएफपीले आफ्नो रिपोर्टमा यसबारे जानकारी दिएको छ ।

यसैबीच तालिबान नेताले टर्कीलाई पनि अफगानिस्तानमा आफ्नो सेनाको उपस्थिति नबढाउन चेतावनी दिएको छ ।

कट्टरपन्थी इस्लामी समूह ‘तालिबान’ ले अफगानिस्तानका अधिकांश इलाकामा कब्जा जमाएको छ । विदेशी सैनिक फिर्ता भएपछि तालिबानले अत्यधिक तीब्र गतिमा आफ्नो कब्जा भएको क्षेत्रको विस्तार गरेको छ ।

अफगानिस्तानका केही शहरमात्रै अब अफगान सेनासँग छ र यी इलाकामा पनि सुविधाका सामान हवाईजहाज मार्फत् पुर्याइँदैछ ।

तालिबानका प्रवक्ता आमिर खान मुत्ताकीले यसबारे एउटा सन्देश दिएका छन्, ‘अब लडाईं पहाड र मरुभूमि इलाकाबाट शहरी इलाकासम्म पुगेको छ तर मुजाहिदिन (तालिबान लडाकू) शहरभित्र लडाईं चाहँदैन । त्यसैले कुराकानीका थुप्रै च्यानल बनाइयोस् ताकि शहरलाई हानी हुनबाट बचाउन सकियोस् ।’

जिल्ला मुख्यालय र शहरलाई चारैतिरबाट घेरेर, त्यसलाई काटिदिने र त्यसपछि केही वरिष्ठ व्यक्तिहरुसँग मध्यस्थता गराउने यो तालीबानको पुरानै प्रयास हो । तालिबानले सन् १९९० को दशकमा पनि पहिलो पटक सत्तामा आउनका लागि यस्तै गरेको थियो ।

मुत्ताकीको यो ताजा बयानपछि काबुल प्रहरीका प्रवक्ता फिरदौस फारामुर्जले काबुल शहरको बीचमा एउटा बम बिस्फोट भएको जसमा ४ अफगानी नागरिकको मृत्यु भएको र पाँच लाख मानिस घाइते भएको बताए ।

मुत्ताकीको बयान अफगानिस्तानका रक्षामन्त्रीद्वारा जारी गरिएको एक आधिकारिक वक्तव्यपछि आएको हो जसमा उनले अफगान सैनिकले थुप्रै दिनको कडा संघर्षपछि एक महत्वपूर्ण शहरलाई तालिबानको कब्जाबाट छुटाएको दाबी गरेका थिए ।

एएफपीको रिपोर्ट अनुसार अफगानिस्तानको बदघिस प्रान्तमा अघिल्लो हप्ता तालिबान र अफगान सेनाबीच ठूलै झडप भएको थियो ।

मंगलबार एक अन्य बयानमा तालिबानले काबुल एयरपोर्टलाई सुरक्षा दिनका लागि आफ्नो सेनाको उपस्थितिको विषयमा टर्कीले पुनः विचार गरोस् भनिएको थियो ।

खबर अनुसार काबुल विमानस्थलको सुरक्षाको विषयमा अमेरिका र टर्कीबीच एक आम सहमति बनेको थियो तर तालिबान चाहन्छ कि टर्की पनि आफ्नो सैनिकलाई फिर्ता बोलाओस् ।

विदेशी सैनिक फिर्ता हुने प्रक्रिया सुरु भएपछि अफगानिस्तानमा परिस्थिति लगातार फेरिइरहेको छ । अमेरिकाले ३१ अगस्टसम्म आफ्ना सबै सैनिकलाई अफगानिस्ताबाट फिर्ता बोलाउने बताएको छ  ।

बीबीसी

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप