सिड्नीमा लकडाउनको समयावधि फेरि थप
अष्ट्रेलियाको राजधानी सिड्नीमा लकडाउनको समयावधि फेरि थप गरिएको छ । सरकारी अधिकारीहरुले बुधबार दिएको जानकारीअनुसार बृहत सिड्नी क्षेत्र भरी थप दुई हप्ता लकडाउन लागु गर्ने निर्णय भएको हो ।
नयाँ थप गरिएको समयावधिअनुसार सिड्नीमा आगामी ३० जुलाईसम्म लकडाउन लागु हुने भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ ।
“हामीले स्वास्थ्य अवस्थाका बारेमा गम्भीर समिक्षा गरेका छौँ, सङ्क्रमण अझै पनि पूर्णरुपमा नियन्त्रणमा आइनसकेकाले लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको हो,” स्वास्थ्य मन्त्रालयद्वारा जारी वक्तव्यमा उल्लेख गरिएको छ ।
लकडाउनमा लागु हुने नियमहरूलाई कडाइका साथ पालना गर्न पनि सरकारी अधिकारी र स्वास्थ्य अधिकारीहरुले सबैलाई आग्रह गरेका छन् । लकडाउनको समयावधि थप भएपछि विद्यार्थीहरुको अध्ययन अध्यापन कार्य पनि अझै केही दिन अनलाइनबाट नै हुने भएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रीन मोबिलिटी फर टुरिजम प्रोस्पेरिटी’ विषयक अन्तरक्रिया गर्दै स्पार्क कार
-
हामी २००७ सालदेखि लडिरहेका छौँ, लडिरहन्छौँ : महत
-
एमाले दलका नेता ओलीमाथि आक्रमणको प्रयास भयो : रघुजी पन्त
-
एमालेले भन्यो– कांग्रेसले मात्तिएर अलोकतान्त्रिक संसदीय अराजकता मच्चायो
-
मन्त्री रेखा शर्माको प्रश्न : कसैको बारेमा प्रश्न उठाइरहने, बोल्न नदिने भन्ने हुन्छ ?
-
एमाले अध्यक्ष ओलीप्रति धनराज गुरुङ आक्रामक