आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

सिंहदरबारमा मन्त्रीलाई बधाई दिन नेता कार्यकर्ताको लर्को (फोटोफिचर)

बुधबार, ३० असार २०७८, १८ : २६
बुधबार, ३० असार २०७८

प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वका चार मन्त्रीले सिंहदरबारस्थित सम्बन्धित मन्त्रालय पदबहाली गरेसँगै बधाई दिनेको लर्को लागेको छ । मंगलबार राती राष्ट्रपति कार्यालय सपथ लिएसँगै प्रधानमन्त्री देउवा र कानुनमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले पद बहाली गरेका थिए । बुधबार बिहान गृहमन्त्री बालकृष्ण खाँण, उर्जामन्त्री पम्फा भुसाल र अर्थमन्त्री जनार्दन शर्माले पदबहाली गरेका थिए । 

बुधबार बिहानैदेखि काँग्रेस तथा माओवादी केन्द्रका नेता कार्यकर्ताको सिंहदरबार प्रवेश बाक्लिएको छ । उनीहरुले खादा माला सहित नवनियुक्त मन्त्रीहरुलाई मन्त्रालयमा पुगेर बधाई तथा शुभकामना दिइरहेका छन् । बुधबार दिउँसो रातोपाटीकर्मी सिंहदरबार पुग्दा मन्त्रालयहरूमा नेता कार्यकर्ताहरूको बाक्लो चहलपहल थियो । उनीहरु मन्त्रीलाई बधाई दिँदै सेल्फी फोटो खिचाइरहेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप