गुल्मीमा जिपको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
बिहीबार, ३१ असार २०७८, १४ : ३५
गुल्मीको सदरमुकाम नजिकै अर्खलेमा मोटरसाईकललाई जिपले ठक्कर दिँदा मोटरसाईकल चालकको मृत्यु भएको छ । धुर्कोटबाट सदरमुकाम तम्घास आउँदै गरेको भे १ च १९४३ नम्वरको बोलेरो जिपले तम्घासबाट छल्दीतर्फ जाँदै गरेको लु ५५ प ७०८२ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक अन्दाजी ३१ बर्षीय सुजन पाण्डेको मृत्यु भएको हो । बोलेरो जीपको ठक्करबाट उनको मृत्यु भएको जिल्ला प्रहरी प्रमुख एसपी गोपालचन्द्र भट्टराईले जानकारी दिए ।
दुर्घटनास्थलबाट उनलाई जिल्ला अस्पताल ल्याइएको थियो । अस्पतालका मेसु डा. उत्तम पाच्याले उनको घटनास्थलमै मृत्यु भएको बताए । मोटरसाईकल सडकदेखि तल झरेको बताइएको छ । जिपमा सवार ५ जनामध्ये चारजना सामान्य घाइते भई जिल्ला अस्पतालमा ल्याइएको निमित्त प्रहरी प्रवक्ता प्रहरी निरीक्षक सन्तोष घमले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण