विप्लव समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्चको आदेश
नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका नेता हेमन्तप्रकाश ओलीलाई रिहा गर्न सर्वोच्च अदालतले आदेश गरेको छ । सर्वोच्चका न्यायाधीश प्रकाशकुमार ढुंगाना र मनोज शर्माको संयुक्त इजलासले उनलाई थुना मुक्त गर्न आदेश गरेको हो ।
सर्वोच्च अदालतले जिल्ला अदालत र उच्च अदालतले यसअघि हेमन्त प्रकाशको नाममा गरेको आदेश बदर हुने ठहर गरेको छ । प्रहरीले ०७५ चैत ९ उनलाई काभ्रेबाट पक्राउ गरेको थियो ।
हातहतियार खरखजाना, विष्फोटक पदार्थ, राजद्रोह र संगठित अपराध मुद्दामा जिल्ला अदालत ललितपुरले ओलीलाई थुनामा राख्ने आदेश गरेको थियो । उच्च अदालत पाटनले जिल्लाको आदेश सदर गरेसँगै उनी लामो सयमदेखि नख्खु कारागारमा थिए ।
सर्वोच्चले जिल्ला र उच्चको आदेश नमिलेको ठहर गरेर हेमन्तप्रकाश ओलीलाई रिहा गर्ने आदेश दिएको उनको तर्फबाट बहस गरेका अधिवक्ता एकराज भण्डारीले रातोपाटीलाई बताए । अस्वस्थताका कारण ओली केही दिनदेखि बाँसबारीस्थित गंगालाल अस्पतालमा उपचार गराइरहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण