रुपा सुनार प्रकरण : कृष्णगोपालमाथि अनुसन्धान अघि बढाउन सर्वोच्चको आदेश
रुपा सुनार प्रकरणमा सर्वोच्च अदालतले पच्चीस दिनभित्र निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आदेश जारी गरेको छ । न्यायाधीशद्वय प्रकाशमानसिंह राउत र नहकुल सुवेदीको संयुक्त इजलासले बिहीबार उक्त घटनाको अनुसन्धान गर्न आदेश जारी गरेको हो ।
जातीयताका कारण घरभाडामा दिन इन्कार गरेर आरोप अनुसन्धानका क्रममा रहेकी बबरमहलका घरबेटी सरस्वती प्रधान तत्कालीन शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठका उपस्थितिमा उनकै सरकारी सवारी साधनमा लगिएको भनिएकाले रीतपूर्वक जाहेरी दरखास्त दर्ता गरी निष्पक्ष अनुसन्धान गर्न आदेशमा भनिएको छ ।
आदेशमा घटनाको प्रकृति र गम्भीरतालाई हेर्दा मुद्दाको अनुसन्धानलाई प्रभावित बनाउने वा अन्य कुनै पनि किसिमको विभिन्न जातजाति वा समुदायबीचको सामाजिक सम्बन्ध खलल पार्ने वा सूचना वा श्रव्यदृश्य वा पाठ्य सामग्री उत्पादन, प्रचारप्रसार नगर्न भनिएको छ ।
यसअघि यही असार २३ असार गते न्यायाधीश डा.कुमार रेग्मीको एकल इजलासले लिखित जवाफ पेश गर्न आदेश गरेको थियो । सुनारले कोठा भाडामा लिने/दिने मौखिक सहमति भइसकेपछि घरधनी प्रधानले आफू दलित समुदाय (कामी) थरको भएको जानकारी गराएपछि कोठा दिन अस्वीकार गरेको जिकिर गरिएको छ । त्यसबाट आफ्नो आत्मसम्मानमा ठेस पुगेको उल्लेख गर्दै सुनारले यही असार २० गते सर्वोच्च अदालतमा रिट निवेदनमा दायर गरेकी थिइन् ।





खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण