झापामा ट्याक्टर र अटो ठोक्किँदा २ जनाको मृत्यु
झापाको भद्रपुर नगरपालिका २ स्थित भद्रपुर–बनियानी सडक खण्डमा ट्याक्टर र अटो आपसमा ठोक्किँदा २ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि भद्रपुर १ केन्द्रमोडकी ३५ वर्षीया नानी भनिने छबिमाया लिम्बु र ४० बर्षीय डम्बरबहादुर लिम्बुको मृत्यु भएको प्रहरीले जनाएको छ ।
भद्रपुरबाट बनियानीतर्फ जाँदै गरेको मे १ त २८२१ नम्बरको ट्याक्टरमा विपरित दिशाबाट आउँदै गरेको मे १ ह ६४१९ नम्बरको अटो साढे दुई बजे ठोक्किँदा अटोमा सवार छबिमायाको घटनास्थल मै र डम्बरबहादुरको उपचारको क्रममा ४ः१० मा ओमसाई पाथिभरा अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता राकेश थापाले जानकारी दिए ।
दुर्घटनामा परि गम्भीर घाइते सोही स्थानका ४२ वर्षीय वीरबहादुर लिम्बू र ३२ वर्षका नरबहादुर लिम्बुको ओमसाई पाथिभरा अस्पताल भद्रपुरमा उपचार भइरहेको प्रवक्ता थापाले बताए । थापाका अनुसार वीरबहादुर अटो चालक रहेको र उनको टाउको तथा खुट्टामा गम्भीर चोट लागेको छ भने अर्का घाइते नरबहादुर अटोमा सवार यात्रु रहेको र उनको अवस्था मध्यम रहेको छ ।
ट्याक्टर र चालक कचनकवल गाउँपालिका ३ का ३३ वर्षीय सागरसिंह राजवंशीलाई सिमा प्रहरी चौकी पृथ्वीनगरले नियन्त्रणमा लिएको प्रहरीको भनाई छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण