शुक्रबार, ०४ जेठ २०८१
ताजा लोकप्रिय

मोहन वैद्य र विप्लवबीच भेटवार्ता

शनिबार, ०२ साउन २०७८, २२ : ४१
शनिबार, ०२ साउन २०७८

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले  नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सँग भेटवार्ता गरेका छन् । नेताद्वयबीच शनिबार भेटवार्ता भएको हो । भेटमा  क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक विषयमा छलफल भएको नेकपाका महासचिव विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् ।  पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।

 


विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।

विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन्  । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका​ विप्लवले भेटघाटमा तीव्रता दिएपछि​ पूर्व माओवादी समूहहरूको एकता बहसमा आएको छ ।  

 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप