मोहन वैद्य र विप्लवबीच भेटवार्ता
नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का महासचिव नेत्रविक्रम चन्द्र विप्लवले नेकपा (क्रान्तिकारी) माओवादीका महासचिव मोहन वैद्य ‘किरण’ सँग भेटवार्ता गरेका छन् । नेताद्वयबीच शनिबार भेटवार्ता भएको हो । भेटमा क्रान्तिकारी ध्रुवीकरण, संयुक्त मोर्चा र समसामयिक विषयमा छलफल भएको नेकपाका महासचिव विप्लवले सामाजिक सञ्जालमार्फत जानकारी दिएका छन् । पछिल्लो समय विप्लवले राजनीति भेटघाटलाई तीव्र बनाएका छन् ।
विप्लवले बुधबार माओवादी अध्यक्ष पुष्पकमल दाहालको ललितपुर, खुमलटारस्थित निवासमै पुगेर भेटवार्ता गरेका थिए । यस्तै विहीबार कोटेश्वर पुगेर एमाले वरिष्ठ नेता माधव नेपालसँग पनि भेटवार्ता गरेका थिए ।
विप्लवले पूर्ववत् सरकारले आफूहरूसँग गरेको तीन बुँदे सहमति कार्यान्वयनका विषयमा नेताहरुसँग चासो राख्दै आएका छन् । ओली सरकारसँग तीनबुँदे सहमति गरी शान्तिपूर्ण राजनीतिमा आएका विप्लवले भेटघाटमा तीव्रता दिएपछि पूर्व माओवादी समूहहरूको एकता बहसमा आएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण

