संविधान मान्ने पार्टीले ह्वीप लगाउनुहुँदैन : वामदेव गौतम
नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले सर्वोच्च अदालतको व्याख्या संविधानको धारा सोसरह हुने बताएका छन् । धारा ७६ (५) को सरकारका सम्बन्धमा कुनै पनि पार्टीले आफ्ना सांसदहरुलाई ह्वीप लगाउन नहुने नेता गौतमले बताएका छन् ।
एमाले नेता गौतमले रातोपाटीसँग संक्षिप्त कुरा गर्दै भने, ‘ह्वीप लगाउनुहुँदैन भन्ने सर्वोच्च अदालतको संवैधानिक इजलासको निर्णय हो । इजलासको यो निर्णय मान्नेहरू संविधान मान्ने हुन्, जसले इजलासको निर्णयको विरोध गर्छन्, तिनीहरू संविधान मान्ने होइनन् ।’
संविधानको धारा ७६(५) अनुसार सरकारले विश्वासको मत लिने बेलामा पार्टीसँग मतलब नहुने नेता गौतमले बताए । उनले भने, ‘पार्टीसित यसमा मतलब छैन । नेपालको नेपालको संविधानको धारा ७६ को उपधारा ५ मा धेरै किसिमका भ्रमहरू थिए, सर्वोच्च अदालतले ती सबै भ्रमहरूलाई समाप्त गरिदियो र संवैधानिक इजलासले व्याख्या गर्यो । यो व्याख्या नेपालको संविधानको कुनै पनि धारा बराबर हुन्छ ।’
एमाले नेता गौतमले अगाडि भने, ‘संविधानको धारा ७६(५) को व्याख्या के हो भने संविधान संशोधन नगर्दासम्म त्यसमा ह्वीप लाग्दैन । कुनै पनि संविधान मान्ने पार्टी छ भने त्यो पार्टीले यहाँ ह्वीप लगायो भने गल्ती हुन्छ । संविधान मानेन भन्ने हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्रीमण्डल १० सदस्यीय बन्दै, २ महिला राज्यमन्त्री बन्ने
-
आईपीएल क्रिकेट : को हुन् हैदराबादको हौसला बढाउने यी सुन्दरी ?
-
‘सजगतापूर्ण लचिलो मौद्रिक नीति ल्याउने राष्ट्र बैंकको अडान’
-
यस्तो छ ‘दान्भी’को पहिलो गीत ‘मायाको खानी’
-
प्रतिनिधिसभा बैठक आज नबस्ने, सूचना टाँस गरी स्थगित
-
तस्बिरमा हेर्नुहोस् ‘सवारी कथाहरू’