दोस्रो पटक गर्भवती छिन् नेहा धुपिया, फोटो सेयर गरेर दिइन् जानकारी
बलिउड नायिका नेहा धुपिया दोस्रो पटक आमा बन्न लागेकी छिन् । तस्बिर पोस्ट गर्दै नेहाले आफ्नो दोस्रो गर्भावस्थाबारे जानकारी दिएकी छिन् । नेहाले इन्स्टाग्राममा श्रीमान् अंगद बेदी र छोरी मेहरसँग फोटो सेयर गर्दै यसबारे बताएकी हुन् । उनका अनुसार यो ‘खुसीको खबर’ सार्वजनिक गर्न उनलाई दुई दिन लाग्यो ।
नेहाले फोटो सेयर गर्दै लेखिन्, ‘क्याप्सन खोजी गर्न हामीलाई दुई दिन लाग्यो... र जुन उत्कृष्ट चिजबारे हामी सोच्न सक्थ्यौं, यो यही हो.... धन्य भगवान ।’
नेहा दोस्रो पटक गर्भवती भएको खबरपछि सानिया मिर्जा, भापना पाण्डे, फराह खान, रोहित रेड्डीसमेत थुप्रै सेलिब्रिटीले नेहा र अंगदलाई बधाई दिएका छन् । फराह खानले स्माइलिङ इमोजीसहित लेखिन्, ‘त्यसो भए म मानिसहरुलाई बताउन सक्छु नि ?’
विवाह भएको ६ महिनामा छोरी जन्माएकी थिइन्ः
स्मरण रहोस्, नेहाको पहिलो गर्भावस्था अत्यधिक चर्चामा आएको थियो । मे सन् २०१८ मा अंगद र नेहाले गोप्य विवाहले सुरुमा त सबैलाई चकित तुल्यायो, त्यसपछि केही दिन पछि नै गरिएको गर्भावस्थाको घोषणाले त विभिन्न प्रश्न नै उब्जाए । विवाहको ६ महिनापछि नोभेम्बर सन् २०१८ मा उनीहरुले आफ्नी जेठी छोरी मेहरलाई घरमा स्वागत गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण