केही दिनभित्र बागमती प्रदेश सरकार फेरिन्छ : राजेन्द्र पाण्डे
नेकपा एमाले नेता एवम् बागमती प्रदेश संसदीय बोर्डका सदस्य राजेन्द्र पाण्डेले बागमती प्रदेश सरकार परिवर्तन निश्चित रहेको बताएका छन् । उनले रातोपाटीसँग कुराकानी गर्दै केही दिनभित्र नै सरकार परिवर्तन हुने भन्दै मुख्यमन्त्रीका लागि यस अघि चर्चामा रहेका व्यक्तिले नै एमालेका तर्फबाट सरकारको नेतृत्व गर्ने बताए ।
केन्द्रमा भएको राजनीतिक परिवर्तनले प्रदेशमा समेत प्रत्यक्ष असरहरू देखा परिरहेकोले सरकार परिवर्तन वर्तमान परिस्थितिको माग भएको उनले बताए । ‘केन्द्रको राजनीतिक परिवर्तनले बागमती प्रदेशमा पनि असर परेको छ । त्यो स्वाभाविक प्रक्रिया पनि हो । प्रदेश सरकारको अवस्था के हो भन्ने कुरा तपाई हामी सबैलाई थाहा भएकै कुरा हो । सरकार परिवर्तन वर्तमान परिस्थितिको माग पनि हो । केही दिन कुर्नुहोस् नेकपा एमाले कै नेतृत्वमा नाम चले कै व्यक्ति मुख्यमन्त्री हुनु बन्नु हुनेछ,’ उनले भने ।
माधव नेपाल पक्षका नेता पाण्डेले प्रदेशमा राजनीतिक गतिविधि सञ्चालनको लागि आफूहरू तयारी अवस्थामा रहेको र केन्द्रीय निर्देशन पर्खिरहेको बताए । प्रदेश सरकारलाई जोगाउन यस अघि भएका सहमति र सहकार्यलाई मुख्यमन्त्री डोरमणि पौडेलका तर्फबाट कुनै पहल नभएको भन्दै सत्तापक्षकै फरक विचारधारामा रहेका सांसदहरुलाई हेप्ने र पेल्ने काम भइरहेको उनले बताए ।
नेता पाण्डेले विगतका गलत क्रियाकलापहरूलाई सुधार्नका लागि पनि मुख्यमन्त्री पौडेलले सत्ता हस्तान्तरण गर्न सक्नु पर्ने बताए । उनले नेकपा एमालेको एकता कायम रहे मुख्यमन्त्री सहित मन्त्रीहरू फेरिने अन्यथा फरक पार्टी निर्माण गरी गठबन्धनको सरकारमा सहभागी भएर सरकारको नेतृत्वमा गर्ने बताए ।
माधव नेपाल समूहले बागमती प्रदेश सरकार जोगाउन कै लागि पनि विपक्षी दलहरूको विरोधका बीच सरकारको नीति तथा कार्यक्रम र बजेट बहुमतले पारित गरेको भन्दै सत्ता र शक्तिको आड बोक्नेहरूले विगतका इतिहास पनि पल्टाएर हेर्न जरुरी रहेको उनको भनाइ छ ।
यस विषयमा पार्टी भित्र केही छलफल भएको जानकारी गराउँदै मुख्यमन्त्री पौडेलले पनि पद हस्तान्तरण गरेर पार्टी एकता जोगाउनका लागि योगदान गर्ने सहमति समेत गरिसकेको नेता पाण्डेले दाबी गरे । नेकपा एमालेको एकता जोगाउन नेता माधव नेपाल र उनी निकट नेता तथा कार्यकर्ताहरूको योगदानलाई पनि स–सम्मान कदर गर्नु पर्ने उनको धारणा छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
२३ औँ एनएसजेएफ पल्सर स्पोर्ट्स अवार्ड भदौ १८ गते काठमाडौँमा हुने
-
शिक्षा र स्वास्थ्य समता शुल्क पूर्ण रूपमा छुट दिने सरकारको निर्णय
-
दिल्लीका प्रदर्शनकारी छात्रको समर्थनमा पटनामा प्रदर्शन, प्रहरीद्वारा पानीको फोहोरा र अश्रुग्यास प्रहार
-
एकलौटी ढङ्गले पार्टी चलाउन खोजिए कांग्रेसको आत्मासहित अगाडि बढ्छौँ : डा. प्रकाशशरण महत
-
तनावपूर्ण अवस्थामा शान्ति कायम गर्न अँगालो हाल्ने र चुम्बन गर्ने गर्छन् चिम्पान्जी
-
बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण