‘दक्षिण अफ्रिकामा परिस्थिति सामान्य बन्दैछ’
दक्षिण अफ्रिकामा केही दिनयता देखि मच्चिएको हिंसा र लुटपाटपछि केही दिनदेखि परिस्थिति सामान्य बन्दै गएको यहाँका एक मन्त्रीले बताएका छन् । ती मन्त्रीका अनुसार यसअघि हिंसा र लुटपाट भएका दुई प्रान्तमा अहिले सामान्य अवस्था देखिएको छ र यस्ता हिंसाका घटना भएका छैनन् ।
मन्त्री खुम्बुजो एनटिसाभेनीले मंगलबार त्यस्तो लुटपाट हुन नपाएको बताएका हुन् । दक्षिण अफ्रिकाका दुई ओटा प्रान्तमा केही दिन यतादेखि हिंसा मच्चिएको छ । ती स्थानमा पसलमा लुटपाट गर्ने र हिंसा मच्चाउने गरिएको थियो ।मन्त्री खुम्बुजोले गएको २४ घन्टा यता ती दुई प्रान्त काजुलु र गुतेनमा त्यस्तो कुनै हिंसा नभएको मंगलबार साँझ आयोजना गरिएको पत्रकार सम्मेलनमा जानकारी दिए ।
दक्षिण अफ्रिकामा त्यहाँका पूर्व राष्ट्रपति ज्याकोब जुमालाई भ्रष्टाचारको आरोपमा जेल हालिएको छ । त्यस क्रममा त्यहाँ हिंसा शुरु भएको हो । अहिले भने यहाँको अवस्था सामान्यतर्फ फर्किँदै गरेको र कुनै हिंसात्मक घटना नभएको तथा लुटपाटका कारण बन्द भएका सपिङ मलहरु खुला भएका उनले जानकारी दिए ।
जुमाका समर्थकहरुले दक्षिण अफ्रिकामा हिंसात्मक प्रदर्शन पनि गरेका थिए । हिंसा प्रभावित प्रान्तमा ठूलो संख्यामा प्रहरी तैनाथ गरिएको छ । –सिन्ह्वा
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रहरीको प्राविधिक समूहमा सईबाट वरिष्ठ सईमा बढुवा सिफारिस
-
इच्छाराज तामाङको बदमासीले सिभिल मलमा स्वामित्वको चक्रव्यूह
-
लागुऔषध खैरो हेरोइनसहित १० जना पक्राउ
-
भारत भ्रमणबाट फर्किएपछि रविले भने, ‘परराष्ट्र नीति पार्टीको हुँदैन, देशको हुन्छ’
-
‘तपाईं प्रधानमन्त्री बन्ने हल्ला छ नि ?’ भन्ने प्रश्नमा रविले दिए यस्तो जवाफ
-
रमा तिवारीको हत्यामा संलग्न आरोपमा भारतीय युवक पक्राउ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण