पोर्नोग्राफी केस : शर्लिन चोपडासँग राज कुन्द्राले गरेका थिए सम्झौता, यति नाफामा छिनिएको थियो कुरा
नायिका शिल्पा शेट्टी कुन्द्राका श्रीमान् राज कुन्द्रा कानूनी जञ्जालमा फसेका छन् । सोमबार दुई घण्टा सोधपुछपछि उनलाई सोधपुछ गरेको थियो । मंगलबार अदालतले उनलाई २३ जुलाईसम्म प्रहरी हिरासतमा पठाएको थियो । राज कुन्द्रामाथि अश्लील फिल्म बनाएको र त्यसलाई एपमार्फत् सार्वजनिक गरेको आरोप छ । यो केसमा नयाँ नयाँ कनेक्सन सार्वजनिक भइरहेको छ । यो केसमा शर्लिन चोपडा र पूनम पाण्डेको पनि राज कुन्द्रासँग कनेक्सन देखिएको छ ।
महाराष्ट्र साइबरको स्रोतका अनुसार यो केसमा नायिका शर्लिन चोपडा र पूनम पाण्डेको नाम आरोपीको रुपमा आएको थियो । उनीहरुको बयान महाराष्ट्र साइबरद्वारा दर्ता गरिएको थियो जहाँ कथित रुपमा दुबै नायिकाले कुन्द्राविरुद्ध आरोप लगाएका थिए । राज कुन्द्राले अघिल्लो वर्ष अदालतबाट अंतरिम जमानत पाएका थिए र जमानत निवेदनमा अन्तिम सुनुवाई यो महिनाको अन्तिममा हुँदै थियो ।
राज कुन्द्रासँग शर्लिन चोपडाको सम्झौताः
भारतीय सञ्चार माध्यमले स्रोतलाई उद्धृत गर्दै भनेको छ, ‘शर्लिन चोपडाको राज कुन्द्राको कम्पनी आर्म्सप्राइम मिडियासँग सम्भौता थियो । यो कम्पनीले भारत बाहिरका कम्पनीका केही एपका लागि अश्लील सामग्री उपलब्ध गराउने गर्दथ्यो ।’
उनका पूर्व वकिल चरणजीत चन्द्रपालका अनुसार शर्लिन सेमी पोर्नोग्राफीसहित आफ्नो एप चलाउँथिन् । यो पार्ट टाइम काम खासै राम्रो चलिरहेको थिएन र केही समयपछि शर्लिनलाई क
कुन्द्राले सम्पर्क गरे । राज कुन्द्राले चोपडालाई उनलाई नाफाको ५० प्रतिशत पाइने बताएका थिए । यो सम्झौतामा राज आफैंले हस्ताक्षर गरेका थिए ।
जून २०१९ र जुलाई २०२० को बीचमा उनले राम्रो कमाई गरिन् । यद्यपि, शर्लिनले आफूलाई सम्झौता अनुसार पैसा नदिएको महसुस भयो त्यसैले उनले एक वर्ष पछि सम्झौता समाप्त गर्न भनिन् । शर्लिनले पुनः आफ्नै एप बनाइन् र केही महिनासम्म यसले राम्रो व्यापार गर्यो । तर अगस्ट सन् २०२० मा उनको सामग्री चोरिँदै थियो र उनी आफैंले यसबारे उजुरी दर्ता गरेकी थिइन् । फेब्रुअरी सन् २०२१ पछि उनले एक बयान साझा गर्दै राज कुन्द्राले आफूलाई पूर्ण रुपमा पोर्न इन्डष्ट्रिमा धकेलिदिएको बारे बताइन् ।
यस वर्षको सुरुमा राज कुन्द्राले आफूले कम्पनीको सेयर बेचिदिएको र आफ्नो लगानी र बाहिरिएको काजगपत्र प्रहरीलाई सुम्पिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
उत्तरपश्चिम पाकिस्तानमा आत्मघाती कार बम आक्रमण, २७ जनाको मृत्यु
-
किभ नजिक ड्रोन प्रदर्शनीमा रुसी मिसाइल आक्रमण, कम्तीमा १५ जनाको मृत्यु
-
नेपाल स्काउटका सबै तहका परिषद् र कार्यकारी समितिहरू विघटन
-
खाना पकाएको कति समयपछि फ्रिजमा राख्नुपर्छ ?
-
आजदेखि चतुर्मास व्रत सुरु, शुभकार्य गर्न वर्जित
-
देशभर मनसुनी वायुको प्रभाव, आज यी पाँच प्रदेशमा भारी वर्षाको सम्भावना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
