वातावरणीय प्रभाव मूल्याङ्कन नगरी विकास गर्दा प्राकृतिक विपत्ति बढ्यो : गृहमन्त्री
गृहमन्त्री बालकृष्ण खाँणले वातावरणीय प्रभाव मूल्याङ्कन नगरी विकास निर्माणको काम गर्दा प्राकृतिक प्रकोपको घटना बढेको बताएका छन् । बिहीबार संसदको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै मन्त्री खाँणले सडक, पुल, भवन निर्माण गर्दा वातावरणमा पर्ने प्रभावलाई ख्याल नगर्दा बाढी पहिरो जस्ता प्रकोप बढेको उल्लेख गरे ।
मनसुनमा बाढी पहिरोबाट भएका क्षति र सरकारले गरेका काम बारेमा जानकारी लिन राष्ट्रिय विपद न्यूनिकरण प्राधिकरण र गृहमन्त्रालयलाई समितिले छलफलका लागि बोलाएको थियो । उनले खोला किनारमा रहेका घरहरु बनाउन स्थानीय तहले नै नक्सा पास गरेको पाइएको भन्दै यसबारे नयाँ मापदण्ड बनाउनुपर्ने उल्लेख गरे । पहाडी क्षेत्रमा जथाभावी बाटो बनाउने प्रवृत्तिले पनि प्राकृतिक प्रकोप बढाउन सहयोग पुगेको उनको भनाई छ ।
मन्त्री खाँणले जनताको जीवन रक्षा सरकारको पहिलो प्राथमिकता रहेको बताउँदै बाढी पहिलो प्रभावित दुई जिल्लालाई संकटग्रस्त जिल्ला घोषणा गर्दै काम थालेको बताए । उनले मनाङमा मनसुनमा भएको प्रकोपको क्षतिको अध्ययनका लागि शुक्रबार विज्ञहरुलाई हेलिकोप्टरमार्फत पठाउने जानकारी गराए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
झापामा पारिवारिक विवादले लियो श्रीमान्–श्रीमतीकाे ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण