शिल्पाको ‘हंगामा २’ को रिलिज नरोकिने
अभिनेत्री शिल्पा शेट्टी १४ वर्षपछि ‘हंगामा २’ मार्फत फिल्म अभिनयमा फर्किएकी छन् । फिल्म २३ जुलाई अर्थात शुक्रबार डिज्नी प्लस र हटस्टारबाट रिलिज हुदैछ । कमब्याप फिल्म रिलिजको केही दिन पहिले शिल्पामा श्रीमान् राज कुन्द्रा अश्लिल भिडियो निर्माणको आरोपमा पक्राउ परेका छन् । यसैबीच राज कुन्द्राको यो घटनाका कारण शिल्पाको कमब्याकपछि यो फिल्मको रिलिज स्थगित हुनसक्छ भन्ने समाचार बाहिर आएको थियो । तर फिल्मका निर्माता रतन जैनले फिल्मको रिलिज नरोकिने बताएका छन् ।
हालै एक मिडियासँगको कुराकानीमा निर्माता जैनले भनेका छन् ‘राज कुन्द्राको केससँग ‘हंगामा २’ को के सम्बन्ध छ र ?’ शिल्पाको श्रीमानलाई आरोप लागेको हो, शिल्पालाई होइन ।’ शिल्पा फिल्मको एक कलाकार मात्र भएको र उनले फिल्मको प्रमोसन बाहेकको सबै काम पुरा गरेको जैनले बताए ।
‘शिल्पाको नाम जबर्जस्त राज कुन्द्राको केसमा जोडिएको हो । उनको त्यसमा केही सम्बन्ध छैन’ जैनले भने, ‘मैले एक राम्रो फिल्म बनाएको छु । मानिस फिल्म कन्ट्रोवर्सीका कारण होइन कन्टेन्टका कारण हेर्नेछन् ।’ ‘हंगामा २’ २००३ मा आएको फिल्म ‘हंगामा’ को सिक्वेल हो । यो फिल्ममा अफताव शिवदासनी, अक्षय खन्ना र रिमी सेनको मुख्य भूमिका रहेको थियो । प्रियदर्शनको निर्देशन रहेको ‘हंगामा २’ मा शिल्पा शेट्टी, परेश रावल, मिजान जाफरी र प्रनिता सुभाषको मुख्य भूमिका रहेको छ । आशुतोष राणा, राजपाल यादव र जोनी लिवर समेतले फिल्ममा हसाउने छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अहङ्कार र दम्भको राजनीति त्याग्न प्रधानमन्त्रीलाई सिटौलाको चेतावनी
-
निट पेपर लिकविरुद्ध जारी प्रदर्शनबारे बोले रक्षामन्त्री सिंह
-
कृष्णप्रसाद सिटौलाले भने– संकटका बेला पार्टीलाई एकताबद्ध बनाउन नेतृत्व किन हिचकिचाएको ?
-
विपक्षीले राष्ट्रियसभामा दर्ता गराए सार्वजनिक महत्वको प्रस्ताव
-
गच्छदारको गगन थापालाई सुझाव – असहमत पक्षलाई समेटेर बलियो कांग्रेसको सभापति बन्नुस्
-
असमझदारी र विवाद नसुल्झाए कांग्रेस विभाजन हुन सक्ने शशांकको चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण