माधव नेपालको निजी सचिवालयले भन्यो- भेटघाटको कार्यक्रम छैन
नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको निजी सचिवालयले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता नेपालबीच बिहीबार भेटघाट गर्ने कुनै कार्यक्रम नभएको स्पष्ट पारेको छ । सञ्चारमाध्यामहरुमा पूर्वप्रधानमन्त्रीद्वय ओली र नेपालबीच भेट भएको र हुने तय भएका समाचार बाहिर आएपछि सचिवालयले त्यसको खण्डन गरेको हो । वरिष्ठ नेता नेपालका स्वकीय सचिव मोहन गौतमले सामाजिक सञ्जालमार्फत नेताद्वयबीच भेटघाटको कुनै कार्यक्रम तय नभएको बताएका छन् ।
गौतमले भनेका छन् : ‘विभिन्न सन्चारमाध्यमहरूमा पूर्वप्रधानमन्त्रीद्वय माधवकुमार नेपाल र के.पी. शर्मा ओलीबीच आज भेट भएको र हुने तय भएको भन्ने समाचारहरू आइरहेकोमा उहाँहरूबीच भेट नभएको र भेट्ने समय तय पनि नभएको कुरा सम्बन्धित सबैमा स्पष्ट पार्दछु ।’
बिहीबारै एमाले संसदीय दलका उपनेता समेत रहेका ओली पक्षीय नेता सुवास नेम्वाङले ओली र नेपालबीच भेटवार्ता हुन लागेको जानकारी दिएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमी शैली छ : शेखर कोइराला
-
कानुन कार्यान्वयनको अध्ययन गर्न राष्ट्रियसभाले बनायो उपसमिति
-
राष्ट्रिय स्वाधीनता रक्षाका लागि परिवर्तनकारी दलहरूबिच सहकार्य आवश्यक : प्रचण्ड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण