कर्णालीमा १२४ जनामा परीक्षण गर्दा ३९ जनामा कोरोना पुष्टि
शनिबार, ०९ साउन २०७८, १९ : ३३
कर्णालीमा शनिबार १२४ जनामा कोरोना भाइरस (कोभिड–१९) को परीक्षण गर्दा ३९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । ८८ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा २६ जनामा र ३३ जनामा गरिएको एन्टिजेन विधिको कोरोना परीक्षणका क्रममा १३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।
शनिबार जुम्लामा सबैभन्दा धेरै कालिकोटमा १४, जुम्लामा १०, मुगुमा ५, दैलेखमा ४,जाजरकोटमा ३ र अन्य ३ जनामा कोरोना देखिएको छ । पछिल्लो तीन दिनको तथ्याङ्क हेर्दा अन्य जिल्लाको तुलनामा कालिकोटमा कोरोना संक्रमितहरु बढेको देखिन्छ । यस्तै डोल्पा, हुम्ला रुकुमपश्चिम, सल्यान र सुर्खेतमा शनिबार कोरोना शून्य छ ।
यस्तै प्रदेशमा थप ९१ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै कोरोना मुक्त हुनेको संख्या कर्णालीमा २७ हजार ७ सय २८ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण