दुग्ध क्षेत्रमा संलग्नलाई खोप दिन माग
दुग्ध क्षेत्रका काम गर्ने व्यवसायी तथा मजदुरले सरकारसँग कोरोनाविरुद्धको खोप माग गरेका छन् । सरकारले दुग्ध क्षेत्रलाई अत्यावश्यक क्षेत्रमा राखेको जनाउँदै नेपाल डेरी एसोसिएसन नेपालले खोपको व्यवस्थापन गर्न आग्रह गरेका हुन् ।
एसोसिएसनले एक विज्ञप्ति जारी गर्दै तत्काल दुग्ध क्षेत्रका मजदूर, उद्योगी तथा व्यवसायी र किसानलाई खोप दिन माग गरेको हो । “दुग्ध व्यवसाय अति संवेदनशील अत्यावश्यक वस्तुभित्र रहेको र दैनिक जोखिम मोल्दै अग्रपङ्क्तिमा रही बजारलगायत भीडभाडमा काम गर्नुपर्ने हुन्छ । पहिलो प्राथमिकता दिइ खोप उपलब्ध गराई सहज वातावरण बनाउनु हुन अनुरोध गरिन्छ ।” विज्ञप्तिमा भनिएको छ ।
एसोसिएसनका महासचिव प्रह्लाद दाहालले सरकारले अत्यावश्यक क्षेत्रका रुपमा राखिएका अन्य क्षेत्रका व्यवसायी तथा मजदूरलाई कोरोनाविरुद्धको खोप उपलब्ध गराए तापनि दुग्ध क्षेत्रलाई नदिइएको बताए । पछिल्लो समय कोरोना सङ्क्रमितका सङ्ख्यामा वृद्धि भएको जनाउँदै तत्काल दुग्ध क्षेत्रका संलग्नलाई खोप उपलब्ध गराउन उनले माग राखे । यस क्षेत्रमा करीब पाँच लाख ५० हजार मात्रा खोप आवश्यक रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नेपालगञ्जको तापक्रम ४१ डिग्रीसम्म पुग्नसक्ने : कुन सहरको मौसम कस्तो ?
-
घरेलु हतियारसहित पथरीबाट दुई युवतीसहित १० जना पक्राउ
-
नेपालमा तीन दिनसम्म ‘लु’ को चेतावनी
-
लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
-
ओझेलमा परेका पर्यटकीय गन्तव्यलाई राष्ट्रिय–अन्तर्राष्ट्रियस्तरमा चिनाउने अभियान सुरु
-
कालीगण्डकी करिडोरः खामभित्तामा पहिरो रोकथाम योजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण