हिंसा हुन नदिन सरकार गम्भीर छ : गृहमन्त्री खाँण
गृहमन्त्री बालकृष्ण खाँणले महिला तथा बालबालिका विरुद्धका हिंसा रोक्न सरकार गम्भीर रहेको बताएका छन् । महिला तथा बालबालिकामाथि हुने हिंसा बढेको भन्दै अन्तरपार्टी महिला सञ्जालले आज गृह मन्त्रालयमा बुझाएको ज्ञापनपत्र बुझ्दै उहाँले महिला तथा बालबालिका माथि भइरहेको हिंसा रोक्न सरकार अत्यन्त संवेदनशील र गम्भीर रहेको बताएका हुन् । “सरकारको पहिलो प्राथमिकता नागरिकको जीवनरक्षा गर्नु हो, निर्वाध ढङ्गले जनता बाँच्न पाउने सुरक्षा अनुभूति र सुरक्षा राज्यले प्रदान गर्छ”, उनले भने ।
सञ्जालकी अध्यक्ष कल्याणी रिजालले मुलुकमा पछिल्लो समय महिला हिंसाको घटना बढेको भन्दै महिला तथा बालबालिकामा हुने हिंसाको निष्पक्ष छानविन गरी अपराधीलाई हदैसम्मको सजाय र पीडितलाई उचित राहतको व्यवस्था गर्न गृहमन्त्रीसँग आग्रह गरेकी थिइन् । सञ्जालले निषेधाज्ञाका समयमा महिला तथा बालबालिकामाथि बलात्कार, हत्याजस्ता अमानवीय र क्रुर घटना बढेको बताएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अध्यागमनको हिरासतबाट चिनियाँ छुटाइदिने भन्दै ठगीमा पूर्वएसएसपी नै संलग्न
-
गगन थापाले नचाहँदासम्म पार्टी मिल्दैन : पूर्णबहादुर खड्का
-
राष्ट्रियता ०३३ सालभन्दा अहिले सयौँ गुणा धेरै खतरामा छ : पूर्णबहादुर खड्का
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण