गण्डकीमा ५१९ जनामा कोरोना संक्रमण, थप ८ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ५१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । पछिल्लो २४ घण्टामा १ हजार २०१ जनाको नमुना परीक्षण गरिएकामा ५१९ जनामा संक्रमण देखिएको हो । संक्रमितमध्ये २१९ महिला र २५८ जना पुरुष रहेका छन् ।
प्रदेशका ७ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै लमजुङमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की २५५, बागलुङ ८, स्याङ्जा ३६, गोरखा ५७, लमजुङ २, तनहुँमा १०७ र नवलपुरमा ५४ जनामा संक्रमण देखिएको हो ।
योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६७ हजार ७०२ पुगेको छ । प्रदेशमा विभिन्न अस्पतालमा उपचाररत ८ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–२५ का ५० वर्षीय पुरुष, पोखरा–१९ की ८४ वर्षीय महिला, पोखरा–१४ का ३६ वर्षीय महिला, पोखरा–१० का ८४ वर्षीय कोरोना संक्रमित पुरुषको उपचारका क्रममा पोखराका विभिन्न अस्तपालमा मृत्यु भएको छ ।
त्यसैगरी पर्वतको फलेवास –६ की ७५ वर्षीय महिला, स्याङजा पुतलीबजार –१ की ६० वर्षीय महिला, नवलपरासी पूर्व कावासोती–१ का ४० वर्षीय कोरोना संक्रमित पुरुष र कावासोती–१ कै ४५ वर्षीय कोरोना संक्रमित महिलाको अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार ९६ जना पुगेको छ ।
प्रदेशमा पछिल्लो २४ घण्टामा २२२ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै गण्डकीमा हालसम्म संक्रमणमुक्त हुनेको संख्या ६१ हजार ६४८ पुगेको छ । त्यसैगरी गण्डकीमा सक्रिय संक्रमितको संख्या ४ हजार ९५८ पुगेको निर्देशनालयले जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण