दार्चुला घटनाको तत्काल छानविन गर्न ४ कम्युनिष्ट पार्टीको माग
चार कम्युनिष्ट पार्टीले दार्चुला घटनाका दोषीलाई तत्काल कार्वाही गर्ने विश्वासिलो छानविन प्रक्रिया अघि बढाउन सरकारसँग माग गरेका छन् । शनिबार नेकपा(क्रान्तिकारी माओवादी)का महासचिव मोहन वैद्य ‘किरण’, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’, नेकपाका अध्यक्ष ऋषिराम कट्टेल र वैज्ञानिक समाजवादी कम्युनिष्ट पार्टी नेपालका अध्यक्ष आहुतिले संयुक्त विज्ञप्ति जारी गरी सरकारसँग उक्त माग गरेका हुन् ।
उनीहरुले यो घटनालाई नेपाली राष्ट्रियतामाथिको नाङ्गो हस्तक्षेप भनेका छन् । जारी विज्ञप्तिमा भनिएको छः ‘यो घटना नेपाली राष्ट्रिय स्वाधीनतामाथिको भारतीय शासक वर्गको नाङ्गो षडयन्त्र र हस्तक्षेप हो । यो घटनाबाट वेपत्ता जयसिंह धामीको अवस्था सार्वजनिक गर्न, पीडित परिवारलाई न्याय र राहतको व्यवस्था गर्न, दोषीलाई शिघ्रतिशीघ्र कारवाही गर्न विश्वासिलो छानविन अगाडी बढाउन नेपाल सरकारसँग हामी चार पार्टी जोडदार माग गर्दछौं ।’
शुक्रबार दार्चुलाको व्यास गाउँपालिका २ का ३५ वर्षीय जयसिंह धामी भारतको उत्तराखण्ड राज्यको पांगन जाने क्रममा भारतीय सीमा सुरक्षा बलले महाकालीको तुइन काटिदिएपछि वेपत्ता छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
-
दुई महिनादेखि फोहर नउठ्दा शिवगञ्ज बजारमा समस्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण