प्रदेश १ : प्रदेशसभा बैठक साउन २१ का लागि आह्वान, प्रदेशको नामकरण होला त ?
प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले साउन २१ गते बिहीबारका लागि प्रदेशसभाको बैठक आह्वान गरेका छन् । गत असार २५ गते प्रदेश सरकारको बजेट पारित भएपछि अर्को सूचना जारी नभएसम्मका लागि बैठक स्थगित गरिएको थियो ।
प्रदेश सरकारले यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारी थालेको छ । मुख्यमन्त्री शेरधन राईले सरकारका तर्फबाट प्रदेशको नामकरण टुङ्ग्याउने तयारीका साथ केही दिन अघिमात्र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरुबीच परामर्श गरेका थिए ।
विपक्षी दलहरुले यस विषयमा आन्तरिक छलफल गर्नुपर्ने भन्दै सरकारसँग समय माग गरेका थिए । मुख्यमन्त्री राईले दलहरूसँगको सहमतिमा यही अधिवेशनबाट प्रदेशको नामकरण टुङ्ग्याउने पक्षमा आफु रहेको रातोपाटीलाई बताए । सोही अनुरुप आफूले दलहरूसँग छलफल थालेको पनि उनले जानकारी दिए ।
‘सरकार प्रमुखको हैसियतमा प्रदेशको नामकरणका विषयमा सदनबाटै दलहरूलाई यस अघि नै प्रस्ताव गरेको छु,’ मुख्यमन्त्री राईले भने, ‘नामकरणको विषय दलहरुबीच प्रवेश भएको छ ।’ नामकरणको विषयमा दलहरुबीच सहमति जुटाउने अधिकतम प्रयास गर्ने जानकारी दिँदै उनले त्यसका लागि आफूले पहल गरिरहेको बताए ।
उनले प्रदेशको नामकरणको विषयमा सहमति जुटाउन यो एक साताको अवधिमा अधिकतम छलफल गर्ने बताए । सरकार गठन भएको करिब चार वर्ष पुग्न लाग्दा प्रदेश सरकारले प्रदेशको नामकरणको विषयमा दोस्रो पटक पहल थालेको हो । यसअघि प्रदेशको राजधानीबारे प्रदेशसभाले निर्णय गरे पनि नामकरणको विषयमा सहमति जुट्न सकेको थिएन ।
प्रदेश १ मा नामकरणको विषय पेचिलो बन्दै आएको छ । राजनीतिक दलहरुबीच नामकरणको विषयमा साझा धारणा बन्न सकेको छैन भने विभिन्न जातीय संघ संगठनहरुले नामकरणको विषयमा आ–आफ्नै तर्क गर्दै आएका छन् ।
प्रदेश १ लाई कसैले भूगोल, कसैले नदी, कसैले जातीय पहिचानको झल्कने गरी नामकरण गर्नुपर्ने माग गर्दै आएका छन् । प्रदेश १ नामकरणका लागि किराँत, लिम्बुवान, कोशी, सगरमाथा, किराँत लिम्बुवान, किराँत लिम्बुवान सगरमाथा, कोशी किराँत, कोशी किराँत लिम्बुवान लगायतको नाम बहसमा आएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रथम मेयर कप फुटबल प्रतियोगिताको उपाधि सुर्खेतलाई
-
विदेश पठाउने नाममा २९ लाख ठगी गर्ने दुई जना पक्राउ
-
सचिव पुष्कर नियन्त्रण प्रकरण: प्रहरीले थमाएको थियो जरुरी पक्राउ पुर्जी
-
सशस्त्रका ७ डिआइजीको सरुवा, ७ जनाको पदस्थापन
-
१२ बजे १२ समाचार: यस्ता छन् आजका प्रमुख समाचार
-
दिल्लीको उच्चस्तरीय भेटघाट सकेर लखनउ पुगे रवि लामिछाने, विमानस्थलमा उत्तर प्रदेशका उपमुख्यमन्त्रीले गरे स्वागत
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण