बीएस ६ प्रविधियुक्त ‘सुजुकी एक्सेस १२५’ स्कुटर नेपाली बजारमा, यस्ता छन् विशेषताहरु
काठमाडौं । सुजुकी मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक आयातकर्ता तथा वितरक भीजी अटोमोबाइल्सले बीएस ६ प्रविधिको सुजुकी एक्सेस स्कुटर नेपाली बजारमा भित्र्याएको छ । निषेधाज्ञाकै समयमा नेपाल प्रवेश गरेको उक्त स्कुटर भारतीय बजारमा टप ३ मा रहन सफल स्कुटर मध्येमा पर्दछ ।
सुजकी एक्सेस स्कुटर विगतमा नेपालमा पनि धेरै मध्यम वर्गका बीच र व्यावसायिक प्रयोजनमा निकै रुचाइएको स्कुटरमा पर्छ । एक्सेस स्कुटरमा आगाडि ग्यास सिलिन्डर अटाउने, फराकिलो सिट तथा आरामदायी यात्रा हुनुका साथै यसमा अगाडिको भागमा स्टिलको कभर समेत रहेको छ । यसले गर्दा यो दैनिक प्रयोजनका लागि निकै नै उपयोगी रहेको मानिन्छ ।
हाल नेपालमा भित्रिएको सुजुकी एक्सेस १२५ स्कुटरमा फोर स्ट्रोक सिंगल सिलिन्डर एयरकुल्ड जडित इन्जिन प्रयोग भएको छ । नयाँ परिमार्जित एक्सेस १२५ स्कुटरमा भारत स्टेज ६ अर्थात बीएस ६ प्रविधि जडान छ भने एफआई प्रविधि समेत रहेको हुँदा उत्कृष्ट माइलेज आउने आकलन गर्न सकिन्छ ।

२ भल्वयुक्त इन्जिन प्रयोग भएको यस स्कुटरमा इन्जिनले ६७५० आरपीएममा ८.७पीएस पावर र ५५०० आरपीएममा १० एनएमटर्क जेनेरेट गर्छ । एलईडी हेडल्याम्प तथा बाहिरबाटै पेट्रोल भर्न सकिने सुबिधाले यसको सजावटमा समेत आकर्षण थपेको कम्पनीको दावी छ । सुजुकी स्टार्ट सिस्टम प्रयोग गरिएको यस स्कुटरमा किक स्टार्ट दुबै व्यवस्था रहेको र २२ लिटर बराबरको स्टोरेज छ । मोबाइल चार्जिङ प्वाइन्ट समेत जडान गरिएको छ । दुबै चक्कामा अलोय ह्विल प्रयोग गरिएको सो स्कुटरको जम्मा तौल १०३ किलोग्राम रहेको छ ।
१६० एमएमको ग्राउन्ड क्लियरेन्स भएको हुँदा यो सेग्मेन्ट मै उत्कृष्ट प्रोडक्ट मानिन्छ । यसमा पूर्ण डिजिटल मिटरको साथमा क्लासिक स्टाइल, इन्जिन डायग्नोसिस, ब्याट्री डायग्नोसिस सहित ट्रिप मिटर तीन कलरमा उपलब्ध छन् ।
सुजुकी एक्सेस सेतो, निलो, खैरो र कालो गरी चार रङमा उपलब्ध छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनसरीमा दुई समुदायको बिचमा झडप, सुरक्षाकर्मीको गोलीबाट एक जनाको मृत्यु
-
सुनसरीका ५ स्थानमा अनिश्चितकालीन कर्फ्यु
-
असारमा सुस्त बनेको रोपाइँ सक्रिय मनसुनसँगै साउनमा ह्वात्तै बढ्यो
-
मुग्लिन-नारायणगढ सडक खण्डको पहिरो हटाइयो, सवारी आवागमन पुनः सञ्चालनमा
-
सात दिनभित्र हाजिर नभए ११ प्रहरीको जागिर जाने
-
रसुवागढी हाइड्रोपावर कम्पनी लिमिटेडले माग्यो प्रमुख कार्यकारी अधिकृत, १५ दिनभित्र आवेदन दिन सकिने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण