तालिबानले गर्यो प्रमुख शहरमा हमला, अफगानिस्तानमा लडाइँ थप तेज
अमेरिकी र अफगानिस्तानी सेनाको तर्फबाट लगातार हवाई हमलापछि तालिबानका लडाकूले हेलमन्द प्रान्तको राजधानी लश्कर गाहमा हमला गरेको छ ।
तालिबानले एक टिभी स्टेशनमा पनि कब्जा जमाएको र हज्जारौं मानिस गाउँबाट भागेर भवनमा शरण लिइरहेको बताइन्छ ।
एक अस्पतालका डाक्टरले बीबीसीसँगको कुराकानीमा भने, ‘यहाँ चारैतिर लडाइँ चलिरहेको छ । ’
हेलमन्द प्रान्त पहिलादेखि नै अमेरिकी–बेलायती सेनाको अभियानको केन्द्र थियो, यस्तोमा यदि यसको राजधानी लश्कर गाहमा तालिबानको कब्जा भएको खण्डमा यो अफगानिस्तान सरकारका लागि निकै ठूलो झट्का हुनेछ ।
यदि लश्कर गाह तालिबानको नियन्त्रणमा आउँछ भने सन् २०१६ पछि यो तालिबानको कब्जामा आउने कुनै प्रान्तको पहिलो राजधानी शहर हुनेछ ।
रेडियो र टिभी च्यानलको काम बन्दः
यसअघि सोमबार अफगानिस्तानको सूचना र प्रसारण मन्त्रालयले हेलमन्दमा ११ रेडियो र टिभी च्यानलले तालिबानको ‘हमला’ र ‘धम्की’ का कारण काम गर्न बन्द गरेको छ ।
सेप्टेम्बरसम्म करिब सबै विदेशी सैनिकले उक्त इलाका छोड्ने घोषणा भएदेखि तालिबानले ग्रामीण इलाकामा तीब्र रुपमा आफ्नो कब्जा बढाइरहेको छ ।
अब हमलाको मार झेलिरहेका यी प्रमुख शहरको भाग्य महत्वपूर्ण मोडमा खडा छ ।
मानवीय संकटको डरका साथै सरकारी सुरक्षाबल आखिर कहिलेसम्म टिक्न सक्ला भन्ने आशंका पनि छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मनसुन अवधिभर विशेष सावधानी अपनाउन प्राधिकरणको आग्रह
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण