महेशपुर भन्सारद्वारा २७ करोड ३० लाख राजस्व सङ्कलन, अहिलेसम्मकै बढी
महेशपुर भन्सार कार्यालय नवलपरासीले एक वर्षमा २७ करोड ३० लाख बढी राजस्व सङ्कलन गरेको छ । भन्सार कार्यालयले आर्थिक वर्ष २०७७/०७८ मा कुल २७ करोड ३० लाख २१ हजार २५० रुपैयाँ राजस्व सङ्कलन गरेको जनाएको छ । यो राजस्व सङ्कलन अहिलेसम्मकै बढी रहेको भन्सार कार्यालयले जनाएको छ ।
कार्यालयले गत आर्थिक वर्षमा १३ करोड ४ लाख ६१ हजार ६४१ रुपैयाँ मात्र राजस्व सङ्कलन गरेको थियो तर यसवर्ष राजस्वमा वृद्धि हुँदै गत वर्षको तुलनामा दोब्बर राजस्व उठेको तथ्याङ्कले देखाएको छ । गत वर्ष कोभिड र चोरी तस्करीका कारणले राजस्वमा कमी आएको थियो ।
भन्सारले असार महिनामा मात्र १ करोड १७ लाख ५४ हजार २५९ रुपैयाँ उठाएको छ । कार्यालयका अनुसार पैठारी भन्सार महसुल तर्फ १२ करोड ५ लाख ७९ हजार २३३, कृषि सुधार शुल्क तर्फ ४ करोड ८१ लाख ४८ हजार ८०७, पैठारी सेवा दस्तुर तर्फ १५ लाख ४३ हजार ५०० सङ्कलन गरेको छ ।
त्यस्तै अन्तःशुल्क तर्फ ५४ लाख ७६ हजार ९५१, मूल्य अभिवृद्धि कर तर्फ ८ करोड ७९ लाख ७७ हजार ६३० र आयकर तर्फ ४९ लाख ८३ हजार ९३० रुपैयाँ सङ्कलन भएको छ भने सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आम्दानी ४२ लाख ५९ हजार १९९ र अन्य प्रशासनिक सेवाबाट ५२ हजार रुपैयाँ आम्दानी गरेको कार्यालयले जनाएको छ ।
वि.स. २०७५ साल श्रावण १ गते नेपाल सरकारले उक्त महेशपुर छोटी भन्सारलाई मूल भन्सारको रूपमा घोषणा गरे पनि अझै कार्यान्वयनमा समस्या देखिएको छ । करिब २ कट्ठामा रहेको उक्त भन्सारलाई ठुलो एरिया अधिग्रहण गर्न, बाटोघाटोको विस्तार र विकास गर्न, गोदाम निर्माण, कर्मचारी भवन, भन्सार जाँचकी कक्ष, काउन्टर, क्वारेन्टिन तथा जनशक्तिको व्यवस्थापन जस्ता महत्त्वपूर्ण कार्य जरुरी रहेको भन्सारले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण