पुससम्म ५ करोड २५ लाख खोप आइपुग्छ : स्वास्थ्य राज्यमन्त्री
स्वास्थ राज्यमन्त्री उमेश श्रेष्ठले आगामी असोजसम्म थप १ करोड ५ लाख खोप आउने बताएका छन् । बिहीवार संसदको शिक्षा तथा स्वास्थ्य समितिमा सांसदहरूले सोधेका प्रश्नको जवाफ दिँदै राज्यमन्त्री श्रेष्ठले जापानबाट यही शनिबार र आइतबार ८ लाख एस्ट्राजेनेका खोप आउने र दोश्रो चरणमा थप ८ लाख खोप आउने जानकारी गराए ।
यस्तै चीनबाट यही १५ तारिखभित्र १६ लाख खोप आउने बताए । चीनबाट नै साईनोफार्मको ६० लाख भेरोसेल खोप आउने र भारतबाट १० लाख खोप आइपुग्ने जानकारी गराए । यस्तै भुटानबाट ३ लाख कोभिडशील्ड खोप आउनेक्रममा रहेको राज्यमन्त्री श्रेष्ठले बताए ।
यस्तै आगामी पुससम्म मोर्डनाको ४० लाख खोप, कोभेक्स गाभीको १ करोड १० लाख खोप, विश्व स्वास्थ्य संगठनको अनुदानमा कोभेड गाभी १ करोड १३ लाख खोप आउने मन्त्री श्रेष्ठले बताए । यस्तै अमेरिकाबाट ६० लाख फाईजर खोप ल्याउने तयारी छ । फाईजर खोप १२ वर्षदेखि १८ वर्ष उमेर समूहलाई लगाइने मन्त्री श्रेष्ठले बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे १२ समाचार : व्यवसायी अग्रवाल थुनामादेखि मुख्यमन्त्री बन्न केन्द्रको निर्णयको पर्खाइसम्म
-
अमेरिकी राष्ट्रपतिद्वारा हुथीहरूलाई ‘ठूलो सैन्य दण्ड’ को चेतावनी
-
आपराधिक गतिविधि बढ्दै प्रशासनद्वारा यस्तो आग्रह
-
युक्रेनका बर्खास्त गरिएका युक्रेनी पूर्व रक्षामन्त्रीलाई अर्को जिम्मेवारी सम्हाल्न राष्ट्रपतिको आग्रह, फेडोरोभद्वारा अस्वीकार
-
सुर्खेतमा ग्यास अभाव हुँदा उपभोक्ता मर्कामा
-
आर्थिक कूटनीतिमा सक्रिय भूमिका निर्वाह गर्न परराष्ट्रमन्त्री खनालको आह्वान
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण