विमलाको बयान : नेपालगञ्ज जाने भन्दै बुटवल लगे !
लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री (वली)ले एमाले प्रदेशसभा संसदीय दलका प्रमुख सचेतक भूमिश्वर ढकाल र सांसद मानबहादुर राउतले आफुलाई नेपालगञ्ज भनेर जबरजस्ती बुटवल लगेको दावी गरेकी छन् । ओलीले बिहीबार पत्रकार सम्मेलन गर्दै गत साउन १५ गते आफु उपचारका लागि नेपालगञ्ज जान लागिरहेका बेला ढकाल र रावत घरमै आएर आफुहरु पनि नेपालगञ्ज नै जान लागेको र पुर्याइदिने भनेर आफु गाडीमा बसेको तर उनीहरुले नेपालगञ्ज लैजानुको साटो गाडी बुटवलतर्फ हुँइक्याएको बताएकी छन् ।
‘म बिरामी छु, उपचारका लागि नेपालगञ्ज जाँदैछु जान दिनुस् भन्दा ढकाल र रावतले हामी पनि नेपालगञ्ज जाने हो, सँगै जाउ पुर्याइदिन्छौ भन्नुभयो’ वलीले पत्रकार सम्मेलनमा भनिन्, ‘जिम्मेवार नेताले त्यसो भनेपछि विश्वास गरेर गाडीमा बसे ।’ उनले गाडी तुलसीपुरबाट नेपालगन्जतर्फ जानुपर्नेमा बुटवलतर्फ मोडिएपछि प्रतिवाद गर्दा बुटवल पुगेर मुख्यमन्त्रीलाई भेटेर जाने भन्दै एकैपटक मुख्यमन्त्री निवास पुर्याएको बताएकी छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दूधसँग केरा खाँदा शरीरमा के हुन्छ ?
-
मोरङ सिजुवाका उद्धव पाठकबाट मात्रै ठगिए सयौँ युवा, २६८ जनाले दिए निवेदन
-
एयर फ्रायरमा पकाएको खाना खाँदा क्यान्सर हुन्छ ?
-
बढेको अण्डाको मूल्य आजदेखि लागू, कति पुग्यो प्रति क्रेट ?
-
न्यून चापीय रेखा र स्थानीय वायुको प्रभाव कायमै, आज यी ६ प्रदेशमा वर्षाको सम्भावना
-
धुलिखेल खानेपानी आयोजना पुनः निर्माण
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण