नागार्जुनमा टिपरको ठक्करबाट १ जनाको मृत्यु
बिहीबार, २१ साउन २०७८, २१ : ३६
काठमाडौंको नागार्जुन नगरपालिका–७ स्थित लाफा भिलेज इन्भेष्टमेन्ट कम्पनी प्रालिको प्लटिङमा टिपरको ठक्करबाट १ जनाको मृत्यु भएको छ । बा ५ ख १८६० नम्बरको टिप्पर पल्टिएर सर्लाहीको लालबन्दी घर भएका ३९ वर्षीय सोमबहादुर बलको मृत्यु भएको महानगरीय प्रहरी वृत्त स्वयम्भूका डिएसपी मिलन केसीले रातोपाटीलाई बताए ।
प्रहरीले टिपरका सह–चालक लक्ष्मण तामाङलाई पक्राउ गरेको छ । सह–चालकले टिप्पर चलाएको र उकालोमा ब्रेक नलागेपछि हाम्फालेका सोमबहादुरलाई टिपरले किचेको नेपाली काँग्रेसका वडा सभापति देवेन्द्र गिरीले बताए । रोडा लोड भएको टिप्पर चालकले सह–चालकलाई चलाउन दिएका थिए । चालक फरार छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बेत्रावती–धुन्चे सडक मर्मतका लागि बोलपत्र आह्वान
-
तीन नेताले संयुक्त रूपमा पानसमा बत्ती बालेर सुरु भयो कांग्रेस इतर समूहको कार्यक्रम
-
जापानको टोकियोमा ‘रोधी घर’ सञ्चालन
-
प्रधानमन्त्री बालेन्द्र शाहको घोषणा सामाजिक सञ्जालमा, अस्पतालमा अझै ३ प्रतिशत कर !
-
रूपान्तरणको पर्खाइमा त्रिवि : तत्काल गर्नुपर्ने के ?
-
एक वर्षमा १२ हजारले पाए नागरिकता, सेवामा डिजिटल सुधार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण