मुख्यमन्त्री पोखरेलको टिप्पणी– प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ
सांसदलाई आफ्नो सरकारी निवासमा बन्धक बनाएको आरोप खेपेका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले ८७ सदस्यीय प्रदेशसभा कसका कारणले ८० सदस्यमा झर्यो भन्ने प्रश्नको जवाफ इतिहासले खोज्ने बताएका छन् ।
बिहीबार सामाजिक सञ्जालमा धारणा राख्दै उनले दुईजना माननीयलाई फकाएर राजीनामा गराउन सक्ने, ६ जनालाई अनुशासनको डण्डा चलाएर निष्काशन गर्न सक्ने र एकजना माननीयलाई दल परिवर्तन गराउन सक्ने प्रतिपक्षले सत्ता पक्षलाई ‘अपहरण’को आरोप पनि लगाएछ भन्दै आफूमाथिको आरोपलाई हलुका ढंगमा लिएका छन् ।
उल्लेखनीय छ, लुम्बिनी प्रदेशसभा सदस्य विमला खत्री वलीले बिहीबार बुटवलमा पत्रकार सम्मेलन गर्दै आफूलाई मुख्यमन्त्री पोखरेलको निवासमा पाँच दिनसम्म बन्धक बनाएर राखिएको आरोप लगाएकी हुन् । उनले सबैजना आराम गरिरहेको मौका छोपेर शौचालयको चप्पल लगाएकै अवस्थामा आफू त्यहाँबाट भाग्न सफल भएकोसमेत बताएकी छन् ।
पत्रकार सम्मेलनमा प्रदेशसभा सदस्य वली स्वयंले मुख्यमन्त्री पोखरेलमाथि गम्भीर आरोप लगाए पनि फेसबुकमार्फत प्रतिकारात्मक टिप्पणी गरेका पोखरेलले ‘प्रतिपक्षी आरोप’ का रुपमा हलुका ढंगले लिएको देखिन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जल संरक्षणका लागि जलस्रोतमाथि कानुनी नियमन आवश्यक : ऊर्जामन्त्री श्रेष्ठ
-
प्रधानमन्त्रीसँगको छलफलपछि तयारी पोसाक उद्योगी उत्साहित : ‘मान्छे होइन, वस्तु निर्यात गरेर देश बन्छ’
-
सर्वोच्चले भन्यो- स्वैच्छिक अवकाश लिने बैंक कर्मचारीको पेन्सन वृद्धि हुँदैन
-
भारतमा डेङ्गु खोप प्रयाेगकाे अनुमति
-
पाँचौँ मुख्यमन्त्री बन्ने तरखरमा खगराज भट्ट
-
१ लाख रुपैयाँ चोरेको आरोपमा बेल्टले घाँटी कसेर निशाको हत्या
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण