बङ्गलादेशमा कोरोनाका कारण एक दिनमा मृत्यु हुनेको सङ्ख्या हालसम्मकै उच्च
बङ्गलादेशमा बिहीबार कोभिड–१९ का कारण एक दिनमा मृत्यु भएका विरामीको सङ्ख्या २६४ पुगेको छ । यो महामारी सुरू भएपछि एक दिनमा भएको अहिलेसम्मकै उच्च मृत्यु सङ्ख्या हो ।
यससँगै बङ्गलादेशमा मृृत्यु भएका कोभिड सङ्क्रमितको सङ्ख्या कूल २१ हजार ९०२ पुगेको यहाँको स्वास्थ्य सेवा निर्देशनालय (डीजीएचएस) ले जनाएको छ । सरकारी तथ्याङ्कअनुसार बङ्गलादेशमा विगत २४ घण्टामा १२ हजार ७४४ थप सङ्क्रमित भएको पुष्टि गरिएको छ । योसँगै एशियाली यस मुलुकमा अहिलेसम्म सङ्क्रमित हुनेको कूल सङ्ख्या १३ लाख २२ हजार ६५४ पुगेको छ ।
सरकारी अधिकारीका अनुसार बङ्गलादेशभरि स्थानीय समयअनुसार बिहीबार ८ः ०० बजेसम्म पछिल्लो २४ घण्टामा ४६ हजार ९९५ व्यक्तिको कोभिड परीक्षण गरिएको थियो ।
बिहीबार १५ हजार ७८६ थप व्यक्तिले कोभिड सङ्क्रमणपछि निको भई घर फर्किएका छन् । यो मुलुकमा निको भएका बिरामीको कूल सङ्ख्या एक लाख १५ हजार ९४३ रहेको डीजीएचएसले जनाएको छ ।
सरकारले दिएको जानकारीमा बङ्गलादेशमा अहिले कोभिड–१९ सङ्क्रमितको मृत्युदर १.६६ प्रतिशत रहेको छ भने हालसम्म ८७.४७ प्रतिशत सङ्क्रमित निको भएका छन् ।
यस पहिले बङ्गलादेशमा एकै दिनमा सबैभन्दा बढी सङ्क्रमित सङ्ख्या जुलाई २८ मा १६ हजार २३० रहेका जनाइएको थियो । जुलाई २७ मा एक दिनमा सबैभन्दा धेरै २५८ कोभिड सङ्क्रमित विरामीको मृत्यु भएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण