आइतबार, २३ वैशाख २०८१
ताजा लोकप्रिय

एनएमबिका अफरहरु : ५ मिनेटमा पाइने सापटीदेखि इन्भेष्टर सेभिङ्ससम्म

शुक्रबार, २२ साउन २०७८, १३ : ३२
शुक्रबार, २२ साउन २०७८

विश्वकै अर्थतन्त्रलाई असर गरेको कोरोना भाइरसको महामारीले नेपालको अर्थतन्त्रलाई पनि नराम्ररी थला पारेको छ । महामारीले थिलथिलो पारेको अर्थतन्त्रलाई चलायमान बनाउन यतिबेला नयाँनयाँ प्रयोगमा अर्थतन्त्र जगत लागिपरेको छ । यस्तैमा बैङ्क तथा वित्तीय क्षेत्रले पनि अर्थतन्त्रलाई चलायमान बनाउन नयाँनयाँ योजना र ग्राहक केन्द्रित सेवालाई प्राथमिकतामा राख्दै आइरहेका छन् ।

बैंकिङ्ग क्षेत्रले पछिल्लो समय डिजिटल प्रविधिमा फड्को मारिसकेको छ । महामारीबाट बच्न नगदरहित (क्यासलेस) कारोबारलाई बढवा दिँदै यो क्षेत्र कागजरहित (पेपरलेस) सेवामा केन्द्रित भएको छ । नेपालमा सञ्चालित २८ वटा वाणिज्य बैङ्कहरू मध्येको एक एनएमबि बैङ्कले महामारीबाट जोगिन र अर्थतन्त्रमा थप योगदान गर्न विभिन्न योजनाहरू सहित कारोबारलाई अगाडि बढाइरहेको छ । 

महामारीबाट ग्राहकहरूलाई बचाउनका लागि बैङ्कले नगदरहित कारोबारलाई प्रोत्साहन गर्दै आइरहेको छ भने ग्राहक हितका लागि विभिन्न योजनाहरू सार्वजनिक गर्दै आइरहेको छ । बैङ्कले ग्राहकका लागि कागजी प्रक्रिया विनानै लिन मिल्ने सानादेखि ठूला कर्जा, घर कर्जा, गाडी कर्जा, कृषि उद्यमी कर्जा, व्यवसाय कर्जालाई सहजै लिन सकिने व्यवस्था गरेको छ । बचत योजना देखि कर्जा योजना लगायत एनएमबि बैङ्कले हाल सञ्चालन गरेको विभिन्न ग्राहक केन्द्रित समग्र योजनाहरूबारे हामीले यहाँ चर्चा गरेका छौँ ।

२४ घण्टा भित्रै अटो लोन

एनएमबि बैङ्कले २४ घण्टा भित्रमा पाइने अटो लोन योजना सञ्चालन गरेको छ । बैङ्कले ८.४९% प्रतिवर्ष ब्याजदरमा अटो लोन प्रवाह गर्दै आएको छ । ५ वर्षसम्म एउटै ब्याजदर रहने सरल तथा सहज योजना सहित आएको अटो लोन योजनाले ग्राहकको ध्यान केन्द्रित गर्न सफल भएको बैङ्कले जनाएको छ ।

विद्युतीय गाडीको हकमा भने एनएमबि बैङ्कले बेस रेटमै कर्जा प्रदान गर्दै आइरहेको छ । यसरी ग्राहकको आफ्नै गाडी चढ्ने सपना पुरा गर्न समान ब्याजदरले झन् सघाउ पु¥याउने विश्वास बैङ्कको छ । अटो लोन लिनेको हकमा ८० प्रतिशत सम्म फाइनान्सको सुविधा पनि बैङ्कले उपलब्ध गराएको छ ।

यसैगरी बैङ्कले टाटाको ‘नेक्सन इभी’ खरिद गर्न इच्छुकलाई सहुलियतपूर्ण कर्जा दिएको छ । जसमा बैङ्कले ८०% सम्मको फाइनान्स सुविधा समेत दिएको छ । टाटा मोटर्सको नेपालका लागि आधिकारिक वितरक सिप्रदी ट्रेडिङ्गसँग सम्झौता गरी बैङ्कले सो सुविधा प्रदान गरेको हो । टाटाको इलेक्ट्रिक ‘नेक्सन इभी’ खरिद गर्न चाहने खरिदकर्ताले बैङ्कको नेपाल भरीका शाखाहरू मार्फत सहुलियतपूर्ण कर्जा प्राप्त गर्न सक्नेछन् । नेक्सन इभी खरिद गर्न इच्छुकले शून्य प्रतिशत प्रिमियम सहित बैङ्कको बेस रेट ब्याजदरमा कर्जा प्राप्त गर्न सक्नेछन् । जुन २४ घण्टाभित्रै प्राप्त गर्न सकिन्छ । 

एनएमबि सापटी 

सुन्दा अनौठो लग्छ कि बैङ्कले पनि सापटी दिन्छ ? भनेर, तर सत्य हो कि बैङ्कले पनि अहिले सापटी रकम दिने गरेको छ । जसका लागि ग्राहकले मोबाइलबाटै सापटी रकमका लागि बैङ्कसँग आव्हान गर्न सक्छन् ।

बैङ्कले बैंकिङ्ग जगतमै पहिलोपटक पूर्ण रूपमा आर्टिफिसियल इन्टेलिजेन्सद्वारा सञ्चालनमा ल्याएको सरल कर्जा ल्याएको हो । उक्त कर्जा अन्तर्गत कर्जा प्रवाहको लागि आवेदनदेखि सम्पूर्ण कर्जा प्रक्रिया डिजिटल रूपमै गर्न सकिन्छ र आवेदन दिएको ५ मिनेट मै रकम प्राप्त गर्न सकिन्छ ।

करोडौँको बचत खाता भए पनि लोन लिनेको सङ्ख्या भने थोरै मात्र छ । हरेक बचतकर्ताको लोन लिन पाउने अधिकारलाई सुनिश्चित गर्न बैङ्कले सानादेखि ठूला ठूला कर्जाका लागि सुविधा उपलब्ध गराएको हो ।  

अझ डिजिटल कर्जामा ग्राहकहरूको पहुँच नै देखिँदैन । यस्तोमा एनएमबिले यसको सुरुवात गरेको हो । वर्तमान परिवेशलाई ध्यानमा राख्दै बैङ्कमा तलब खाता हुने र व्यक्तिगत कर्जा उपयोग गरिरहेका ग्राहकहरूको व्यक्तिगत र आपतकालिन वित्तीय आवश्यकताहरूको परिपूर्तिको लागि बैङ्कले छोटो अवधिका लागि विना धितोको कर्जा योजनाअन्तर्गत एनएमबि सापटी योजना सञ्चालन गरेको हो । 

बैङ्कले एनएमबि बैङ्कमा तलब खाता हुने र व्यक्तिगत कर्जा भएका ग्राहकहरूलाई २४ महिना सम्मका लागि १ लाख र २ लाख सम्म २४ सै घण्टा र सातै दिन कर्जा तुरुन्त उपलब्ध गराउँदै आइरहेको छ । ग्राहकहरूले आफ्नो कर्जा चुक्ता अवधि, कर्जा चुक्ता गर्ने प्रकार, कर्जा रकम आदि आफ्नो सहजताको आधारमा छनौट गर्न सक्नेछन् ।

इन्भेष्टर सेभिङ्स

एनएमबि बैङ्कले सबै उमेरको लगानीकर्ताहरूलाई लक्षित गरी शून्य मौज्दातमै विशेष सुविधायुक्त एनएमबि इन्भेष्टर सेभिङस् योजना पनि अघि सारेको छ । यस बचत योजना अन्तर्गत बैङ्कले खातामा उच्चतम ब्याजको साथै ५ वर्षका लागी निःशुल्क डिम्याट तथा मेरो सेयर, निःशुल्क आस्वा, ओम्नी च्यानल र कनेक्ट आईपीएस मार्फत निःशुल्क अन्तर बैङ्क रकम ट्रान्सफर, निःशुल्क मोबाइल बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, डेबिट कार्ड र क्रेडिट कार्ड र एनएमबि क्यापिटलको सहकार्यमा पोर्टफोलियो म्यानेजमेन्टको सेवा सँगसँगै परामर्श सेवा प्रदान गर्ने जानकारी गराएको छ । हाल मुख्यतया बैंकहरुले कर्जा सापटीमा केन्द्रित राखेको देखिएता पनि एनएमबिले भने लगानीकर्ताहरूलाई बचतसँगै लगानी गर्न प्रोत्साहन गर्ने गरी बचतमा आकर्षक योजना ल्याएको जनाएको छ ।

यसैगरी बैङ्कले मुद्दती खातामा पनि आकर्षक ब्याजदर दिएको जनाएको छ ।

घर कर्जा

एनएमबि बैङ्क कर्जा लगानीमा आक्रामक रूपमा अघि आएको छ । बैङ्कले ५ वर्षसम्मका लागि फिक्स्ड ब्याजदरमा घर कर्जा दिएको छ । जसको वार्षिक ब्याजदर ८.५० प्रतिशत रहेको छ । ० प्रतिशत प्रिमियममा ५ वर्षसम्म एउटै ब्याजदरमा कर्जा पाइन्छ । कर्जा अवधि २५ वर्ष तोकेको बैङ्कले ग्राहकमैत्री सेवामा सधैँ केन्द्रित रहने बताएको छ ।

साना तथा मझौला कर्जा

आफ्नै व्यवसाय सुरु गर्न चाहनेहरूका लागि एनएमबिको ‘साना तथा मझौला कर्जा’ निकै सहयोगी साबित भएको छ । साना कर्जा व्यवसाय विस्तार गर्न चाहनेहरूका लागि पनि निकै उपयोगी साबित भएको बैङ्कले जनाएको छ । साना तथा मझौला कर्जाका लागि न्यूनतम १० लाखदेखि अधिकतम ५ करोडसम्मको कर्जा प्राप्त गर्न सकिन्छ । सहज कर्जा प्रक्रियाले गर्दा ग्राहकहरू यस कर्जा योजनामा आकर्षित भएको बैङ्कको भनाइ छ ।

कृषि कर्जा

यसैगरी, बैङ्कको अर्को कर्जा योजना हो ‘कृषि कर्जा’ । नेपाल राष्ट्र बैङ्कले बैङ्कहरूलाई कृषिमा लगानी गर्न न्यूनतम शर्त लागु गराएसँगै बैङ्कहरू कृषिमा लगानीका लागि अग्रसर भएका छन् । बैङ्कहरूले यतिवेला विभिन्न योजना सहित कृषि कर्जालाई प्राथमिकतामा राखेको पाइन्छ । एनएमबि बैङ्कको कृषि कर्जा कृषि उद्यम सुरु गर्न वा विस्तार गर्न चाहनेहरूका लागि सहयोगी साबित भएको बैङ्कले जनाएको छ । बैङ्कले कृषि उद्यम विस्तारको लागि परामर्श समेत दिने गरेको छ । जसले कृषिमा लाग्न चाहने नयाँ व्यवसायीका लागि लाभदायक मानिएको छ ।

क्रेडिट कार्डमा विशेष छुट

एनएमबि बैङ्कले क्रेडिट कार्ड प्रयोगकर्तालाई विशेष सुविधा प्रदान गरेको छ । क्रेडिट कार्ड प्रयोगकर्ताले  १५ देखि ४५ दिनसम्म विना व्याज पैसा प्रयोग गर्न सक्नेछन् । बैङ्कले अनलाइन सामान खरिदकर्तालाई पनि क्रेडिट कार्डबाट सामान खरिद गर्दा छुट दिएको छ । त्यसै गरी विभिन्न सपिङ मल तथा स्टोरहरूसँग सहकार्य गरी कार्डबाट वा क्यूआरबाट सामान खरिद गर्दा क्यास ब्याक तथा डिस्काउन्ट अफर पनि दिँदै आइरहेको छ ।

बस भाडा तिर्न कन्ट्याक्टलेस कार्ड 

एनएमबि बैङ्कले नयाँ वर्षको सुरुवातमै बस भाडा तिर्न सहज हुने कन्ट्याक्टलेस कार्ड जारी गर्‍यो । कोरोना महामारीका कारण नगदरहित कारोबारलाई प्रोत्साहन गर्न बैङ्कले बस भाडा तिर्न पैसा बोक्न नपर्ने गरी कन्ट्याक्टलेस कार्डको सुरुवात गरेको थियो । 

कोरोनाभाइरसको महामारीसँगै डिजिटल प्रविधिको प्रयोग ह्वात्तै बढेको पछिल्लो समयमा बैङ्कले डिजिटल बैंकिङ्गलाई मुख्य प्राथमिकतामा राखेको छ । एनएमबि बैङ्कले हालको परिवेश र सुरक्षाको आवश्यकतालाई मध्यनजर गर्दै बस भाडा तिर्नको लागी कन्ट्याक्टलेस कार्ड जारी गरेको हो । 

घरमै बसी ओम्नी च्यानल मार्फत खाता लगायत विविध बैंकिङ्ग सेवा प्रदान गर्दै आएको बैङ्कले कोभिडबाट सुरक्षाको साथै क्यासलेस समाज निर्माणमा सहकार्य गर्न फिन्टेक इन्टरनेशनलसँग सहकार्य गर्दै कार्ड जारी गरेको हो । उक्त कार्डबाट यात्रीद्वारा तय गरेको दुरीका आधारमा बस भाडा स्वतः गणना हुनेछ र सो भाडा कन्ट्याक्टलेस कार्डको माध्यमबाट भुक्तानी गर्न सकिनेछ । हाल संयुक्त यातायात र मत्स्य राजधानीका बसमा यो सुविधा उपलब्ध भइरहेको छ ।

क्यूआर कोड सेवा

ग्राहकमैत्री तथा डिजिटल कारोबारलाई प्रवर्धन गर्न बैङ्कले क्यूआर सेवालाई हरेक स्थानमा पुर्‍याउने क्रममा तरकारी बजार, किराना पसल देखि मलसम्म बैङ्कले क्यूआर कोडको विस्तार गर्‍यो । तरकारीजन्य वस्तुको कारोबारमा डिजिटल भुक्तानीलाई बढावा दिने उद्देश्यले बैङ्कले तरकारी पसल, किराना पसल तथा विभिन्न सपिङ मलहरूमा एनएमबि को क्यूआर सेवा रहेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप