प्रदेश १ मा ८४७ जनामा कोरोना संक्रमण
प्रदेश १ मा पछिल्लो २४ घण्टामा ८४७ जनामा कोरोना संक्रमण भएको छ । १ हजार १८९ जनाको पीसीआर परीक्षण गर्दा ३६५ र १ हजार ५२६ जनाको एन्टिजेन परीक्षण गर्दा ४८२ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पीसीआर परीक्षणका आधारमा मोरङमा १२४, झापामा १०३, सुनसरीमा ९१, धनकुटामा १४, पाँचथरमा १०, उदयपुरमा ६, भोजपुरमा २, इलाम र ते¥हथुममा ४–४ र प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको छ ।
मोरङको विराटनगरमा ४९, बेलबारीमा ३१, सुन्दरहरैंचामा १०, पथरी शनिश्चरेमा ९, उर्लाबारीमा ८, लेटाङमा ४, बुढीगंगा, कानेपोखरी र स्थानीय तह नखुलेका ३–३, ग्रामथानमा २, रंगेली र मिक्लाजुङमा १–१, झापाको दमकमा २२, विर्तामोडमा २१, मेचीनगरमा १६, भद्रपुरमा १३, अर्जुनधारामा ११, गौरादह, बुद्धशान्ति र स्थानीय तह नखुलेका ५–५, शिवसताक्षीमा २, कमल गाउँपालिका, कचनकवल र कनकाईमा १–१, सुनसरीको इटहरीमा ४३, धरानमा ४०, इनरुवामा ३, बराहक्षेत्र र स्थानीय तह नखुलेका २–२ जनामा संक्रमण देखिएको छ ।
रामधुनीमा १, धनकुटाको धनकुटा नगरपालिकामा ९, शहिदभूमीमा २, महालक्ष्मी, छथर र पाख्रिबासमा १–१, पाँचथरको फिदिममा ७, हिलिहाङ, मिक्लाजुङ र फालेलुङमा १–१, उदयपुरको त्रियुगामा ४ र स्थानीय तह नखुलेका २, भोजपुरमा २, इलामको चुलाचुलीमा २, देउमाई र सुर्योदयमा १–१, ते¥हथुमको म्याङलुङ, लालीगुराँस, फेदाप, छथरमा १–१, प्रदेश १ बाहिरका ७ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।
प्रदेश १ मा आज ४६५ जना कोरोना संक्रमणमुक्त भएका छन् । संक्रमणमुक्त हुनेमा २१९ महिला र २४६ पुरुष संक्रमणमुक्त भएका हुन । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट ७ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा २ महिला र ५ पुरुष रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोबाइलमा लोकप्रिय ‘माइक्रो ड्रामा’ मा चीनको अंकुश: सफ्ट पोर्नोग्राफी प्रदर्शनमा प्रतिबन्ध
-
अमेरिकामा फेरि भेटियो मासु खाने खतरनाक परजीवी ‘स्क्रु-वर्म’
-
घट्यो काठको मूल्य, समितिको सेवा–सुविधा ३० प्रतिशतले कटौती
-
आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स र नेपाल पुलिस क्लबबिच सम्झौता
-
पर्यटन मन्त्रालयको समन्वयमा धार्मिक प्रयोजनका सामग्री बनाउनुपर्ने सर्तसहित काठ–दाउरा लिलाम गर्दै लुम्बिनी विकास कोष
-
ओभर टाइम गणना गरी सेवा सुविधा थप्न स्वास्थ्य मन्त्रीसँग चिकित्सक संघको माग
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण