कर्णालीमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
शुक्रबार कर्णाली प्रदेशमा थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । १८५ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ८८ र १६५ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा मात्र ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दैलेखमा १२, कालिकोटमा ११, मुगुमा ६ र सल्यानमा ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । प्रदेशभर ६७ जनाले मात्र कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या बढेर ८४६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक प्रमुख डा.रविन खड्काले शुक्रबार कोरोना संक्रमणका कारण सुर्खेतमा २ जनाको मृत्यु भएको जानकारी दिए । केही समयदेखि कर्णालीमा मृत्युदर शून्यमा थियो ।
योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५५ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘राष्ट्र बैंकको प्रावधानले गहना व्यवसायी समस्यामा’
-
सिक्री लुटेको आरोपमा किशोर पक्राउ
-
सिटीलाई ऐतिहासिक लगातार चौथो लिग उपाधि
-
पोखरामा लागुऔषध सेवनकर्ता विरुद्ध प्रहरीको स्विप अपरेसन
-
राहुल गान्धीले भने- ‘सत्तामा आएपछि अग्निवीर योजनालाई डस्टबिनमा फाल्छौँ’
-
इरानी राष्ट्रपति सवार हेलिकप्टर दुर्घटना हुनुअघिको तस्बिर सार्वजनिक