कर्णालीमा थप १२७ जनामा कोरोना संक्रमण पुष्टि, २ जनाको मृत्यु
शुक्रबार कर्णाली प्रदेशमा थप १२७ जनामा कोरोना भाइरस (कोभिड–१९) को संक्रमण देखिएको छ । १८५ जनामा गरिएको आरटी–पीसिआर विधिको कोरोना परीक्षणका क्रममा ८८ र १६५ जनामा गरिएको एन्टिजेन विधिको परीक्षणका क्रममा ३९ जनामा संक्रमण पुष्टि भएको हो । शुक्रबार सबैभन्दा धेरै सुर्खेतमा मात्र ९४ जनामा कोरोना संक्रमण देखिएको छ ।
यस्तै दैलेखमा १२, कालिकोटमा ११, मुगुमा ६ र सल्यानमा ४ जनामा कोराना संक्रमण देखिएको स्वास्थ्य सेवा निर्देशनालयले जनाएको छ । प्रदेशभर ६७ जनाले मात्र कोरोनालाई जितेर डिस्चार्ज भएका छन् भने सक्रिय संक्रमितको संख्या बढेर ८४६ जना पुगेको छ । स्वास्थ्य निर्देशनालयका निर्देशक प्रमुख डा.रविन खड्काले शुक्रबार कोरोना संक्रमणका कारण सुर्खेतमा २ जनाको मृत्यु भएको जानकारी दिए । केही समयदेखि कर्णालीमा मृत्युदर शून्यमा थियो ।
योसँगै कर्णालीमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या ३५५ जना पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सिमेक्स इंकको प्रष्टीकरण– नियमित तालिका अनुसार सवारी ल्याएका हौँ, अनुचित लाभ लिएका छैनौँ
-
करिब ७ घण्टा सोधपुछपछि सचिव कृष्णहरि पुष्कर छुटे
-
गौतमबुद्ध विमानस्थलबाट नियमित उडान गर्नुपर्नेमा जोड
-
पोखरामा शुक्रबारदेखि गण्डकी प्रदेश विद्यालय क्रिकेट च्याम्पियनसिप हुँदै
-
‘पुस्तान्तरण भइसकेको राजनीति पुरानैतिर फर्कने सम्भावना छैन, सरकारलाई काम गर्न दिऔँ’
-
रविलाई भारतले दिएको सम्मान 'बालेनीय आविष्कार'काे प्रभाव – खग्रेन्द्र संग्रौला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण