राष्ट्रसङ्घीय सुरक्षा परिषदद्वारा पाकिस्तानमा भएको हिंसाको निन्दा
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले हालै पाकिस्तानमा भएको हिंसात्मक हमलाको कडा शब्दमा निन्दा गरेको छ । परिषद्ले शुक्रबार एक विज्ञप्ति प्रकाशन गरेर पाकिस्तानमा भएको सो हमला एक प्रकारको कायर र क्रुर आतङ्कवादी हमला भएको बताएको छ ।
पाकिस्तानी उत्तरपश्चिमी प्रान्त खैबर पाक्थुन्क्वामा सो आतङ्ककारी हमला भएको थियो । त्यस आक्रमणमा परेर नौ जना चिनियाँ नागरिक र तीन जना पाकिस्तानी नागरिकको ज्यान गएको थियो । गएको जुलाई १४ मा भएको सो आतङ्ककारी हमला मानवता विरुद्धको अपराध भएको भन्दै संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्ले त्यस हिंसात्मक हमलामा संलग्न भएका जो सुकैलाई भएपनि कडाभन्दा कडा कारबाही गर्नुपर्नेमा जोड दिएको छ ।
संयुक्त राष्ट्रसङ्घीय सुरक्षा परिषद्द्वारा जारी भएको विज्ञप्तिमा दोषीलाई कानुनी दायरमा ल्याएर कडाभन्दा कडा कारबाही गर्नुपर्ने माग गर्दै यस्ता हिंसात्मक कार्यले कसैको पनि माग पूरा नहुने बताइएको छ । विज्ञप्तिमा सो हमलामा परी ज्यान गुमाएकाप्रति श्रद्धाञ्जली व्यक्ति गरिएको छ र उनीहरुका परिवारप्रति हार्दिक समवेदना व्यक्त गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जेफ्री एप्स्टिनलाई किशोरी उपलब्ध गराउने अर्का फ्रान्सेली ‘मतियार’ मृत फेला
-
विवादितलाई काखी च्याप्ने ‘मोदी–प्रवृत्ति’ कै कारण शिक्षामन्त्री धर्मेन्द्र प्रधान अझै कुर्सीमै छन्
-
इरानलाई ट्रम्पको चेतावनी : होर्मुजमा हमला भए तेहरानका पुल र पावर प्लान्टमा बमबारी गर्ने
-
वन तथा वातावरण मन्त्रालयको ८२ प्रतिशत प्रगति
-
१० बजे १० समाचार : विभाजनको बाटोमा कांग्रेस, सहकार्यको प्रयासमा ओली-प्रचण्ड
-
हर्मुज तनावसँगै तेल बजार प्रभावित
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण