बुधबार, २४ असार २०८३
ताजा लोकप्रिय

गहिरो निन्द्राले कम गराउँछ ५० प्रतिशत तौल ९० प्रतिशत डिप्रेशनको खतरा

आइतबार, २४ साउन २०७८, १० : १०
आइतबार, २४ साउन २०७८

पूरा निन्द्राले स्वास्थ्यका लागि निकै आवश्यक कुरा हो । गहिरो निन्द्राले शरीरलाई पुनः उर्जा प्रदान गर्न मद्दत गर्छ । पर्याप्त निन्द्राले मोटोपन, हृदयरोग जस्ता बिरामीको खतराबाट पनि बचाउँछ । साथै, यसले बिरामीबाट निको हुन पनि मद्दत गर्छ ।

निन्द्राको चार चरणहरु हुन्छन् । जसमा र्यापिड आइ मुभमेन्ट अर्थात हामीले सपना देख्ने चरण । यो चरणसम्म गहिरो निन्द्रा पुर्याउँदा शरीरलाई निकै फाइदा पुग्छ । यदि तपाईं ८ घण्टा सुत्नुहुन्छ र २० प्रतिशत अर्थात ९६ मिनेट गहिरो निन्द्राको आवश्यकता हुन्छ । 

त्यसैले गहिरो निन्द्राको लागि मोबाइल तथा कम्प्युटरहरु जस्ता इलेक्ट्रोनिक डिभाइसहरुको प्रयोग कम गर्ने गर्नुपर्छ । यसका प्रकाशले निन्द्रा आउने हर्मोनमा नराम्रो असर पुर्याउँछ । 

यस्तै, मिठो र गहिरो निन्द्राका लागि आरामदायी स्थानमा सुत्ने गर्नुपर्छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप