डोरीले बाँधेर युवा कुट्ने जाजरकोटको जुनीचाँदेका वडाध्यक्ष ५ हजार धरौटीमा छुटे
सुर्खेत । डोरीले बाँधेर युवकलाई कुट्ने जाजरकोटको जुनीचाँदे गाउँपालिकाका–२ का वडाअध्यक्ष रामबहादुर नेपाली धरौटीमा छुटेका छन्।
उनलाई पाँच हजार रुपैयाँ धरौटीमा छोडिएको जिल्ला प्रशासन कार्यालय जाजरकोटले जनाएको छ ।
नेपालीले साउन १५ गते स्थानीय सर्पे दमाईलाई डोरीले बाँधेर कुटपिट गरेका थिए । उनले युवकलाई कुटपिट गरेको भिडियो सर्वत्र सामाजिक सञ्जालमा भाइरल भएको थियो भने वडाअध्यक्ष नेपालीको चर्को आलोचना समेत भएको थियो । त्यही आधारमा प्रहरीले साउन २१ गते पक्राउ गरेर सदरमुकाम खलङ्गा पु¥याएको थियो ।
पीडित भनिएका सर्पे नेपालीले दिएको बयानका आधारमा अध्यक्ष नेपालीलाई धरौटीमा छोडिएको जाजरकोटका प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद देवकोटाले जानकारी दिए ।
पीडित सर्पेले वडाअध्यक्षको गल्ती नभएको, बरु मलाई जेल हाल, वडाअध्यक्ष ज्यूलाई थुन्न पाइँदैन भनेर अनौठो बयान दिएका थिए।
यता स्थानीयले त झन वडाअध्यक्षको पक्षमा नारा जुलुस समेत गरेका थिए । नेपालीलाई आगामी भदौ १६ गते बकपत्र गर्न आउने सर्तमा छोडिएको हो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पोखरीमा हाम फालेर बेपत्ता भएका भारतीय युवक मृत फेला
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण