बुधबार, २६ वैशाख २०८१
ताजा लोकप्रिय

लुम्बिनीमा सात सदस्यीय मन्त्रिमण्डल बन्ने

बिहीबार, २८ साउन २०७८, १७ : २७
बिहीबार, २८ साउन २०७८

लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले सानो आकारको मन्त्रिमण्डल गठन गर्ने भएका छन् । प्रदेशको मुख्यमन्त्रीमा आजै नियुक्त भएका मुख्यमन्त्री केसीले सुरुमा सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् ।
माओवादी, काँग्रेस, जसपा र स्वतन्त्र सांसदहरुलाई समेट्दै मुख्यमन्त्री केसीले सात सदस्यीय मन्त्रिमण्डल गठन गर्न लागेका हुन् । मुख्यमन्त्रीसहित माओवादीबाट २, काँग्रेसबाट १, जसपाबाट ३ जना र स्वतन्त्र एक सांसदलाई समेटेर मन्त्रिमण्डल विस्तार गर्न लागिएको स्रोतले जनाएको छ ।

काँग्रेसबाट डिल्लीबहादुर चौधरी, माओवादी केन्द्रबाट कृष्णध्वज खड्का, जसपाबाट सुमन शर्मा रायमाझी,कुर्मती ढेँगा र सहसराम यादव मन्त्री बन्ने भएका छन भने स्वतन्त्र (हृदयेश त्रिपाठी समुह) बाट अजय शाही मन्त्री बन्ने निश्चित भएको छ । मुख्यमन्त्री केसीले सपथ लिएलगत्तै अन्य मन्त्रीहरुको सपथ ग्रहण कार्यक्रम राखिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप