बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले बढ्यो
आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २१.४ प्रतिशतले वृद्धि भएको नेपाल राष्ट्र बैंकले जनाएको छ । वृद्धि भएको रकमसहित त्यस्तो निक्षेप परिचालन रु.४,६६२ अर्ब ७३ करोड पुगेको राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले शुक्रबार मौद्रिक नीति सार्वजनिक गर्दै जानकारी दिए ।
अघिल्लो वर्ष निक्षेप परिचालन १८.७ प्रतिशतले वृद्धि भई रु.३,८३९ अर्ब ७३ करोड रहेको थियो । अधिकारीका अनुसार आर्थिक वर्ष २०७७/७८ मा बैक तथा वित्तीय संस्थाको निजी क्षेत्रतर्फ लगानीमा रहेको कर्जा २७.३ प्रतिशतले वृद्धि भई रु.४,०८४ अर्ब ८१ करोड पुगेको छ । अघिल्लो वर्ष यस्तो कर्जा १२.० प्रतिशतले बढेर रु.३,२०९ अर्ब ७९ करोड रहेको थियो ।
बैंक तथा वित्तीय संस्था (लघुवित्त वित्तीय संस्था समेत) को चुक्ता पुँजी २०७७ असार मसान्तमा रु. ३५२ अर्ब ३७ करोड रहेकोमा २०७८ असार मसान्तमा १०.८ प्रतिशतले वृद्धि भई रु. ३९० अर्ब ४३ करोड पुगेको पनि राष्ट्र बैंकले जनाएको छ ।
२०७८ असार मसान्तमा वाणिज्य बैंकहरूको पुँजी कोष पर्याप्तता अनुपात १४.१ प्रतिशत, विकास बैंकहरूको १३.२ प्रतिशत र वित्त कम्पनीहरूको २२.० प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरू क्रमशः १४.० प्रतिशत, १४.४ प्रतिशत र १९.६ प्रतिशत रहेका थिए ।
यसैगरी २०७८ असार मसान्तमा वाणिज्य बैंकहरुको निष्क्रिय कर्जा अनुपात १.५ प्रतिशत, विकास बैंकहरुको १.५ प्रतिशत र वित्त कम्पनीहरुको ६.२ प्रतिशत रहेको छ । २०७७ असार मसान्तमा यी अनुपातहरु क्रमशः १.८ प्रतिशत, १.५ प्रतिशत र ६.२ प्रतिशत रहेका थिए ।
बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिने नीतिगत व्यवस्था भए पश्चात् २०७८ असार मसान्तसम्म कुल २२९ बैंक तथा वित्तीय संस्थाहरु गाभ्ने/गाभिने प्रक्रियामा सामेल भएका छन् । यीमध्ये १७१ संस्थाहरुको इजाजत खारेज भई ५८ संस्था कायम भएका छन् ।
बैंक तथा वित्तीय संस्थाका शाखा विस्तारसँगै वित्तीय पहुँच पनि बढेको छ । बैंक तथा वित्तीय संस्थाहरुको शाखा संख्या २०७७ असार मसान्तमा ९,७६५ रहेकोमा २०७८ असार मसान्तमा १०,६८३ पुगेको छ । उक्त अवधिमा प्रति बैंक शाखा जनसंख्या ३,०७२ बाट घटेर २,८४४ कायम भएको छ । वाणिज्य बैंकका शाखा ७५० स्थानीय तहहरुमा पुगेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण