गण्डकीमा ४७४ जनामा कोरोना संक्रमण पुष्टि, थप ९ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ४७४ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार २२३ जनामा गरिएको नमूना परिक्षणमा ४७४ जनामा संक्रमण देखिएको हो। संक्रमित मध्ये २३८ महिला र २३६ जना पुरुष रहेका छन् ।
प्रदेशका ८ जिल्लामा गरिएको नमूना परिक्षणमा सवै भन्दा धेरै कास्कीमा र सबैभन्दा थोरै पर्वतमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालिन कार्यसञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार कास्की १५१ बागलुङ ५१, स्याङ्जा ६१, म्याग्दी १७, पर्वत ३,गोरखा ५४, लमजुङ १८ तनहुँमा १७ र नवलपुरमा ६५ जनामा संक्रमण देखिएको हो। योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७४ हजार ९८९ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ९ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–१४ का ७५ वर्षीय पुरुष, पोखरा–१४ का ७९ वर्षीय पुरुष, पोखरा –८ की ३८ वर्षीय महिला र कास्की माछापुच्छ्रे–१ का २८ वर्षीय कोरोना संक्रमित पुरुष रहेका छन् । उनीहरु चारै जनाको पोखराका विभिन्न अस्पतालहरुमा उपचारका क्रममा मृत्यु भएको हो ।
त्यसैगरी गण्डकी प्रदेशका नवलपरासी पूर्व, मध्यविन्दु–७ का ४२ वर्षीय पुरुष, मध्यविन्दु–८ का ७१ वर्षीय पुरुष, तनहुँ ब्यास –४ का ८८ वर्षीय पुरुष, ब्यावस–४ की ४० वर्षीय महिला र गोरखा पालुङटार –४ की ५८ वर्षीय कोरोना संक्रमित महिलाको उपचारका क्रममा अस्पतालमा मृत्यु भएको छ । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार १७० जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ६७ हजार ५१६ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा शुक्रबार मात्र संक्रमणमुक्त हुनेको संख्या ६०९ रहेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ६ हजार ३०३ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण