गण्डकीका दुई मन्त्रीलाई कोरोना संक्रमण
गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातावरण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि व्यवस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो ।
दुबै मन्त्रीले शुक्रबार प्रदेशको प्रयोगशालामा गरिएको परिक्षणमा कोरोना पोजेटिभ देखिएको मन्त्रीका सचिवालयहरूले जनाएका छन् । हाल दुवै जना मन्त्रीको स्वास्थ्य अवस्था सामान्य रहेको छ । संक्रमित दुबै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेका छन् ।
दुवै जना नयाँ गठन भएको सरकारको मन्त्री मन्त्रीमा नियुक्त भएपछि नेता कार्यकर्ता र शुभेच्छुकहरुले खादामाला लगाउने तथा बधाई दिने कार्यक्रमहरुमा निरन्तर सहभागि हुने क्रममा कोरोना संक्रमण भएको अनुमान गरिएको छ ।
त्यसैगरी दुवै जना मन्त्रीमा पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागी भएलगत्तै कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । त्यसपछि लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको बताइएको छ । परिवार र सचिवालयका अन्य सदस्यहरुको कोरोना रिपोर्ट भने नेगेटिभ आएको बताइएको छ ।
मन्त्री बुढा र थापाको स्वास्थ्य अवस्था सामान्य रहेकोले हाल आफुहरु निवासमै आइसोलेसन रहेको उनीहरुको भनाइ उदृत गर्दै सचिवालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण