माओवादी केन्द्रीय समिति बैठक : प्रचण्डको प्रतिवेदनमाथि समूहगत छलफल जारी
नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) को केन्द्रीय समितिको बैठक आज दोस्रो दिन पनि जारी छ । शनिबारबाट सुरु भएको केन्द्रीय समितिको पूर्ण बैठक आइतबारै सक्ने माओवादीको तयारी छ ।
दोस्रो दिनको केन्द्रीय समिति बैठकमा अध्यक्षले पेश गरेका प्रतिवेदनमाथि केन्द्रीत रहेर छलफल भइरहेको छ । समूहगत छलफलबाट आएका रिपोर्टहरूलाई सोमबार बस्ने स्थायी समिति बैठकले अनुमोदन गर्नेछ । अध्यक्षको प्रतिवेदनमाथि अहिलेसम्म प्रदेश १ बाट राम कार्की (पार्थ क्षेत्री), वागमती प्रदेशबाट नारायण दाहाल र गण्डकी प्रदेशको नेतृत्व गर्दै हितराज पाण्डेले धारणा राखेका छन् । माओवादीले आठवटा समूहमा विभाजित गरेर नेताहरुलाई धारणा राख्ने व्यवस्था मिलाएको छ ।
टोली नेताले धारणा राखिसकेपछि उठेका प्रश्नको जवाफ अध्यक्ष प्रचण्डले दिएर बैठक समापन गर्ने तयारी भएको माओवादी स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । साहका अनुसार नेताहरुको कार्यविभाजन गर्ने जिम्मेवारी स्थायी समितिलाई दिने तयारी भएको छ । गत फागुन २३ गते सर्वोच्च अदालतको फैसलापछि पूर्ववत् अवस्थामा फर्किएको माओवादीले संघीय संरचनाअनुसार नेताहरुको कार्यविभाजन गरिसकेको छैन । प्रदेश, जिल्ला र जनसंगठन २०७५ जेठ २ अघिको अवस्थामा क्रियाशील छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
भोजपुरमा ‘मुन्दुम मनसुन ट्रेल रेस’ हुँदै
-
गौशालाका सबै विद्यालयमा गर्मी बिदा
-
दिक्तेल–चखेवा भञ्ज्याङ सडक : माम्खामा निर्माणाधीन पर्खाल भासिँदा ६ घर जोखिममा
-
भारतले रवि लामिछानेलाई किन बोलायो ? मोहन विक्रम सिंहले औँल्याए दुई उद्देश्य
-
ईपीजी प्रतिवेदनप्रति परराष्ट्रमन्त्रीले चासो देखाए, बुझे दराजको चाबी
-
सिंगापुर विकास मोडलबारे कांग्रेस केन्द्रीय कार्यालयमा छलफल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण