एमालेको ध्यानाकर्षण : कूटनीतिक पहलमार्फत गोर्खा सैनिक समस्या समाधान गर्न माग
नेकपा एमालेले बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहल गर्दै गोर्खा सैनिकका समस्या सम्बोधन गर्न सरकारको ध्यानाकर्षण गराएको छ । आइतबार विज्ञप्ति जारी गर्दै प्रवक्ता प्रदीप ज्ञवालीले बेलायती सेनाबाट अवकाश प्राप्त भूतपूर्व गोर्खा सैनिकहरुले आफ्ना बेलायती सहकर्मीहरू सरह पेन्सन लगायत समान सुविधा पाउनुपर्ने माग राखेर लामो समयदेखि आन्दोलन गर्दै आएको र सोही विषयलाई लिएर अनसन समेत जारी रहेकाले उक्त समस्या समाधान गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराएका हुन् ।
‘समानताको सिद्धान्तलाई आधार मानेर तथा नेपाल र बेलायत बीचको दुई सय वर्षभन्दा पुरानो ऐतिहासिक सम्बन्धलाई ध्यानमा राखेर आन्दोलनरत गोर्खा समस्याको समाधान गर्न बेलायत सरकारसँग अविलम्ब कूटनीतिक पहलका लागि नेकपा (एमाले) नेपाल सरकारको गम्भीर ध्यानाकर्षण गर्दछ’ प्रवक्ता ज्ञवालीले जारी गरेको विज्ञप्तिमा भनिएको छ ।
एमालेले बेलायती सेनामा कार्यरत रहेर वीरता, दुःखकष्ट र बलिदानको कीर्तिमान बनाएका भूपू गोर्खा सैनिकहरुले उठाएको समानताको आवाज स्वाभाविक, जायज भनेको छ । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले सन् २०१९ को जुनमा भएको बेलायतको औपचारिक भ्रमणका क्रममा आफ्ना बेलायती समकक्षीसँग औपचारिक रुपमै गोर्खा भर्तीसम्बन्धी त्रिपक्षीय सन्धिको समग्र पुनरावलोकन गर्ने प्रस्ताव राखेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सातामा दुई दिन सार्वजनिक बिदा : सरकारी अस्पतालले कसरी गर्दैछन् बिरामी व्यवस्थापन ?
-
परराष्ट्रमन्त्री खनाल आज भारत भ्रमणमा जाँदै
-
मत्स्य स्रोत संरक्षणका लागि विश्व समुदायको ध्यानाकर्षण
-
विश्वकपअघि फ्रान्सलाई आइभरी कोस्टको झड्का, अमाद डियालोले दिलाए २–१ को जित
-
ई–ट्राइसाइकल नियन्त्रण अभियान, जिम्बाब्वेका ग्रामीण महिलालाई समस्या
-
व्यवहारमै छुवाछुत अन्त्य हुनुपर्ने दलित अगुवाहरूको जोड
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण