सांसदले अफगानिस्तानको उदाहरण दिँदै भने– हामी पनि एमसीसी एमसीसी भनेर बुरुक बुरुक नउफ्रिउँ
प्रतिनिधिसभाको सोमबार बसेको बैठकमा सांसदहरुले अफगानिस्तान प्रकरणलाई उदाहरणका रुपमा लिँदै एमसीसी–एमसीसी भनेर उफ्रिन नहुने बताएका छन् । सांसद यज्ञराज सुनुवारले प्रतिनिधिसभाको शून्य समयमा बोल्दै अफगानिस्तानमा जुन ढंगले अमेरिकाले सेना र सहयोग जुटायो, त्यसको अहिले कुनै प्रभाव नदेखिएको बताए ।
उनले भने, ‘जुन देशका नागरिकले सरकारलाई सहयोग गर्दैनन्, बाहिरको सेना र सहयोगले मात्र सत्ता टिक्दैन भन्ने कुरा अफगानिस्तानका राष्ट्रपति र उपराष्ट्रपतिले देश छोड्नु परेको घटनाले पनि देखाएको छ ।’ उनले नेपालको सन्दर्भमा अहिले अमेरिकी सहयोग ‘एमसीसी’ बारे भइरहेको बहसप्रति लक्षित गर्दै भने, ‘हामी पनि एमसीसी एमसीसी भनेर बुरुक्क बुरुक्क नउफ्रिऊँ ।’
सांसद मोहन बानियाँले अफगानिस्तानको काबुल सहर तालिबानले कब्जा लिएको भन्दै त्यहाँको अमेरिकी दूतावासमा ३०० नेपाली सुरक्षामा खटिएका र उनीहरु अहिले ‘रेड जोन’ मा परेको बताए । ‘तिनीहरु रेड जोनमा परेका छन्, त्यो कुरा नेपाल सरकारलाई थाहा छ कि छैन ?’ उनले भने । सरकारसँग अफगानिस्तानमा कति नेपाली छन् भन्नेसमेत प्रस्ट तथ्यांक नरहेको भन्दै उनले कटाक्ष गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पारिवारिक विवादले लियो दम्पतीकै ज्यान
-
अस्ट्रेलियामा ‘ग्लोबल नेपाली फिल्म अवार्ड’ हुँदै
-
पटक–पटकको असफलता बिर्सिएर ओली–प्रचण्डबिच फेरि सहकार्यको प्रयास
-
शैक्षिक परामर्श व्यवसायीलाई वार्तामा आउन शिक्षा मन्त्रालयले गर्यो पत्राचार
-
नाबालक संविदको उपचारका लागि आर्थिक सहयोग
-
इतर समूहका नेताहरूको एकै स्वरः गगन थापा नसच्चिए कांग्रेस फुट्छ
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण