रुसको दाबी : काबुलबाट भाग्दा गनीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे
काबुलस्थित रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीबारे सनसनीपूर्ण दाबी गरेको छ । सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ – गनी देश छाडेर भाग्दै गर्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि विमानस्थलमा नै छाडियो ।
यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।
अशरफ गनी र उपराष्ट्रपति सालेहले आइतबार काबुल छाडेर भागेका थिए । उनीहरूसँग आफ्ना निकटस्थहरू पनि थिए । अहिलेसम्म उनीहरू भागेर कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।
काबुलमा रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले भनिन् – गनीले काबुल छाड्दा चारवटा कार र एउटा हेलिकप्टरमा पैसा राखेका थिए । त्यो पैसा यति धेरै थियो कि त्यसमा पनि अटाउन सकेन । त्यही भएर केही रकम काबुल विमानस्थलमा नै छाडियो । पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् ।
आइतबार राति फेसबुक पोस्टमा गनीले आफू काबुलमा नै बसेको भए थप रक्तपात हुने बताएका थिए । यही कारणले आफूले देश छाड्ने कठिन फैसला लिएको बताएका थिए ।
रुसले सोमबार एक वक्तव्य जारी गर्दै काबुलस्थित आफ्नो दूतावास बन्द नगर्ने बताएको छ । उसले भनेको छ – हामी तालिबानसँग सम्बन्ध बनाउने प्रयास गर्नेछौँ । उनीहरूलाई मान्यता दिन हतार गर्दैनौँ । हामी तालिबानको व्यवहार र काममा नजर राख्नेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेन्द्र महतोको राष्ट्रिय मुक्ति क्रान्तिले सत्ताको छुट्टै अभ्यास गर्ने
-
दिक्तेल–खानीडाँडा–आहाले सडक : ६ वर्षपछि कालोपत्र सुरु
-
दुई सातामा चार चलचित्र प्रदर्शन हुँदै
-
सामाजिक सञ्जाल : वर्चस्व, सशक्तीकरण र प्रतिरोधको नयाँ साधन
-
फिल्म ‘गाउँ आएको बाटो’ नेपाल अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा प्रिमियर हुने
-
कम्युनिस्ट आन्दोलनका चर्चित यी ६ पात्र के गर्दैछन् ?