रुसको दाबी : काबुलबाट भाग्दा गनीले चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे
काबुलस्थित रुसको राजदूतावासले अफगानिस्तानका राष्ट्रपति अशरफ गनीबारे सनसनीपूर्ण दाबी गरेको छ । सोमबार रुसको आरआईए न्युज एजेन्सीले आफ्नो दूतावासलाई उद्धृत गर्दै भनेको छ – गनी देश छाडेर भाग्दै गर्दा आफ्नो साथ चारवटा कार र हेलिकप्टरमा पैसा भरेर लगे । पैसा यति धेरै थियो कि हेलिकप्टरमा नअटेपछि विमानस्थलमा नै छाडियो ।
यसअघि तालिबानले पनि आफूहरूले काबुल विमानस्थलमा ठूलो मात्रामा पैसा भेटेको दाबी गरेको थियो । यो रकम ५० लाख डलर रहेको उनीहरूको दाबी छ । तर, यसको पुष्टि हुन भने बाँकी थियो । अहिले काबुलस्थित रुसको दूतावासले पनि त्यही दाबी गरेको छ ।
अशरफ गनी र उपराष्ट्रपति सालेहले आइतबार काबुल छाडेर भागेका थिए । उनीहरूसँग आफ्ना निकटस्थहरू पनि थिए । अहिलेसम्म उनीहरू भागेर कहाँ पुगे भन्ने स्पष्ट जानकारी आएको छैन । केहीले उनीहरू ताजिकिस्तान त केहीले उनीहरू अमेरिका पुगिसकेको दाबी गरेका छन् ।
काबुलमा रुसी दूतावासकी प्रवक्ता निकिता आईचेंकाले भनिन् – गनीले काबुल छाड्दा चारवटा कार र एउटा हेलिकप्टरमा पैसा राखेका थिए । त्यो पैसा यति धेरै थियो कि त्यसमा पनि अटाउन सकेन । त्यही भएर केही रकम काबुल विमानस्थलमा नै छाडियो । पछि न्युज एजेन्सीसँग कुरा गर्दा पनि उनले सो कुरा दोहोर्याइन् ।
आइतबार राति फेसबुक पोस्टमा गनीले आफू काबुलमा नै बसेको भए थप रक्तपात हुने बताएका थिए । यही कारणले आफूले देश छाड्ने कठिन फैसला लिएको बताएका थिए ।
रुसले सोमबार एक वक्तव्य जारी गर्दै काबुलस्थित आफ्नो दूतावास बन्द नगर्ने बताएको छ । उसले भनेको छ – हामी तालिबानसँग सम्बन्ध बनाउने प्रयास गर्नेछौँ । उनीहरूलाई मान्यता दिन हतार गर्दैनौँ । हामी तालिबानको व्यवहार र काममा नजर राख्नेछौँ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
संविधान संशोधन सुझाव कार्यदल : एमालेले तथ्य र औचित्यका आधारमा प्रस्ताव तयार गर्ने
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
