सुर्खेत र सिरहामा निषेधाज्ञा थपियो
जिल्ला प्रशासन कार्यालय सुर्खेतले कोरोनाको बढ्दो सङ्क्रमणलाई मध्यनजर गरी यसअघि जारी निषेधाज्ञालाई निरन्तरता दिएको छ । सङ्क्रमणको जोखिम नियन्त्रण, रोकथाम, निदान र उपचारका लागि कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ तथा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) बमोजिम प्रशासनले यही भदौ ७ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा अवधि थप गरेको हो ।
जिप्रका अनुसार स्वास्थ्य, सुरक्षा, सञ्चार, विद्युत्, इन्धन, खानेपानी, सार्वजनिक तथा वित्तीय निर्माण कम्पनीसम्बन्धी कार्य, बैंक तथा वित्तीय संस्थालाई निर्वाध सञ्चालन गर्न सकिनेछ । तरकारी फलफूल, दुग्धजन्य पदार्थ बिहान ६ देखि बेलुका ७ बजेसम्म, खाद्यान्न पसल बिहान ८ देखि बेलुका ७ बजेसम्म खोल्न सकिने समयावधि निर्धारण गरेको छ । सार्वजनिक सेवा प्रवाह गर्ने र विकास निर्माणसँग सम्बन्धित कार्यालयले स्वास्थ्य मापदण्डको पूर्ण पालना गरी सञ्चालन गर्ने, होटल तथा रेष्टुरेन्टमा कूल क्षमताको ५० प्रतिशत नबढ्ने गरी सञ्चालन गर्ने गरी खुकुलो मापदण्ड बनाएको छ ।
प्रमुख जिल्ला अधिकारी छविलाल रिजालद्वारा जारी आदेशमा निषेधाज्ञा उल्लङ्घन गर्ने व्यक्तिलाई कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश, २०७८ तथा स्थानीय प्रशासन ऐन २०२८ बमोजिम सजाय हुने उल्लेख गरिएको छ । जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गरी सबै तहका परीक्षा सञ्चालन गर्न, सार्वजनिक यातायातका यात्रुलाई अनिवार्य मास्क लगाउन, भौतिक दूरी कायम गर्न उत्प्रेरित गर्नुपर्ने, विवाह, व्रतबन्ध, मृत्यु संस्कारजस्ता सामाजिक कार्यमा २५ जनामा सीमित रहेर सम्पन्न गर्नुपर्ने, मठ–मन्दिर, गुम्बा, मस्जिदलगायतका धार्मिक स्थलमा पुजारीले नित्य कर्मबाहेक सामूहिक पूजा पाठ, मेला महोत्सव नगर्न प्रशासनले अपिल गरेको छ ।
सिरहामा भदौ मसान्तसम्म निषेधाज्ञा
लहान– सिरहामा निषेधाज्ञाको समय एक महिना थप गरिएको छ । जिल्ला कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकले कोरोना सङ्क्रमणको जोखिम कायमै रहेको जनाउँदै निषेधाज्ञाको समयावधि यही भदौ मसान्तसम्म लम्ब्याउने निर्णय गरेको हो ।
प्रमुख जिल्ला अधिकारी प्रदीपराज कणेँलले गत साउन ३२ गतेसम्म निषेधाज्ञा लगाइएकामा जोखिम अझ कम नभएकाले निषेधाज्ञालाई लम्ब्याउने निर्णय गरिएको जानकारी दिए । उनका अनुसार स्थानीय प्रशासन ऐन २०२८ को दफा ६ को उपदफा ३ र सङ्क्रामक रोग ऐन २०२० को दफा २ बमोजिम जिल्लाभर निषेधाज्ञा लगाइएको छ ।
स्वास्थ्य सुरक्षाका मापदण्ड कायम गरी निषेधाज्ञाका बेला शैलुन र होटलबाहेकका पसल, व्यवसायी बिहान ९ देखि दिउँसो १ बजेसम्म खोल्ने दिने निर्णय भएको उनले बताए। यद्यपि हाटबजार लगाउन पाइने छैन । सिरहामा गत वैशाख २३ गतेदेखि नै निषेधाज्ञा जारी छ । कोरोनाको जोखिम नघटेसम्म निषेधाज्ञा रहने जनाइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अमेरिकी नौसैनिक नाकाबन्दी पुनः लागू भएपछि बढ्यो विश्व बजारमा तेलको भाउ
-
गृह मन्त्रालयबाट म हटेपछि मिटरब्याज पीडितलाई न्याय दिने कामले निरन्तरता पाएन: श्रेष्ठ
-
कर्णाली प्रदेश : कांग्रेसका मन्त्रीले राजीनामा दिएपछि प्रतिपक्षी दल छलफलमा
-
कांग्रेसले सांसदहरूलाई तोक्यो जिल्लाको जिम्मेवारी
-
श्रम संस्कृति पार्टीले भन्यो– पहिचान र विकासका लागि सङ्घीयता अपरिहार्य
-
सरकारको १०० दिन उपलब्धिविहीन, जनताको धैर्यको बाँध टुट्न सक्छ: राई
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण