इतिहास रच्दै पहिलो महिला मुख्यमन्त्री बनिन् अष्टलक्ष्मी शाक्य
संघीयतामा प्रवेश गरेपछि पहिलो पटक महिलाले प्रदेश सरकारको नेतृत्व गर्ने अवसर प्राप्त भएको छ । बुधबार एमाले नेतृ अष्टलक्ष्मी शाक्य बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएसँगै पहिलो महिला मुख्यमन्त्री बनेर इतिहास रचेकी हुन् ।
२०७४ सालमा सम्पन्न प्रदेशसभा निर्वाचनपछि संघीयता अन्तर्गत प्रदेश सरकारहरु गठन भए । तर सातै प्रदेशमा मुख्यमन्त्रीका रुपमा पुरुष नै चुनिए । यसबीचमा गण्डकी प्रदेश र लुम्बिनी प्रदेशमा सरकार फेरबदल हुँदासमेत महिलाले मुख्यमन्त्रीको जिम्मेवारी पाउन सकेनन् । यी दुवै प्रदेशमा हाल तेस्रो सरकार छ ।
गण्डकी प्रदेशका तत्कालीन मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङ र लुम्बिनी प्रदेशका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले एक पटक राजीनामा दिइसकेर पनि पछि फेरि मुख्यमन्त्री नियुक्त हुन सफल भएका थिए । तर काँग्रेस, माओवादी केन्द्रसहितको गठबन्धनले दुवै प्रदेशमा एमाले नेतृत्वको सरकारलाई विस्थापित गरेर नयाँ सरकार गठन गरेका छन् ।
बागमती प्रदेशमा भने २०७४ को निर्वाचनपछि पहिलो पटक सरकारको नेतृत्व परिवर्तन भएको हो । बुधबार डोरमणि पौडेलले एमाले संसदीय दलको नेता र मुख्यमन्त्री पदबाट राजीनामा दिएपछि एमालेकै नेतृ अष्टलक्ष्मी शाक्य एमालेको संसदीय दलको नेता चुनिँदै सोही आधारमा मुख्यमन्त्री नियुक्त भइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘ग्रे लिस्ट’बाट हटाउन सबैको संयुक्त प्रयास आवश्यकः महालेखापरीक्षक राया
-
खैरो हेरोइनसहित दुई महिला पक्राउ
-
बिल बिजक नराख्नेलाई विभागको जरिवाना
-
१२ बजे १२ समाचार: बालेन सरकारको कूटनीतिमाथि विपक्षीको प्रश्न, कोशीमा मुख्यमन्त्री बन्न दौडधुप
-
इरानमाथि पुनः नाकाबन्दी लागू गरेयता ९ जहाजको मार्ग परिवर्तन गराइएको अमेरिकी सेनाको दाबी
-
तारा गन्न बनेको ‘जन्तर-मन्तर’ कसरी बन्यो दिल्लीको सबैभन्दा ठुलो विरोध प्रदर्शनको केन्द्र ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
