गण्डकीमा ३१९ जनामा कोरोना संक्रमण पुष्टि, थप ६ जनाको मृत्यु
गण्डकी प्रदेशमा थप ३१९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । प्रदेशमा पछिल्लो २४ घण्टामा १ हजार १० जनामा गरिएको नमूना परीक्षणमा ३१९ जनामा संक्रमण देखिएको हो । संक्रमित मध्ये १५७ महिला र १६२ जना पुरुष रहेका छन् ।
प्रदेशका ५ जिल्लामा गरिएको नमूना परीक्षणमा सबैभन्दा धेरै कास्कीमा संक्रमित भेटिएको प्रदेश स्वास्थ्य आपतकालीन कार्य सञ्चालन केन्द्रका संयोजक नवराज शर्माले जानकारी दिए । उनकाअनुसार कास्की १७३, बागलुङ १३, स्याङ्जा २३, म्याग्दी ५, पर्वत १, गोरखा ४७, लमजुङ १७ तनहुँमा २३ र नवलपुरमा १७ जनामा संक्रमण देखिएको हो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ७८ हजार ४६९ पुगेको छ ।
गण्डकी प्रदेशका विभिन्न अस्पतालमा उपचाररत ६ जनाको मृत्यु भएको छ । कोरोना संक्रमणका कारण उपचारका क्रममा मृत्यु हुनेमा पोखरा–३२ का ८१ वर्षीय पुरुष, पोखरा–१४ का ७१ वर्षीय महिला, पोखरा–३१ की ७३ दिनकी बालिका, पोखरा–१९ की ७२ वर्षीय महिला र कास्की रुपा–३ की ७४ वर्षीय महिलाको मृत्यु भएको छ । कास्कीका ५ जना संक्रमितको पोखरास्थित विभिन्न अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
त्यसैगरी तनहुँ म्यादे–२ की ७६ वर्षीय कोरोना संक्रमित महिलाका पोखरास्थित चरक मेमोरियल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । उनमा साउन ३२ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १ हजार २३२ जना पुगेको छ ।
गण्डकी प्रदेशमा हालसम्म ७१ हजार ८७३ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । प्रदेशमा शनिबार मात्र संक्रमणमुक्त हुनेको संख्या ५५३ पुगेको छ । गण्डकीमा सक्रिय कोरोना संक्रमितको संख्या ५ हजार ३६४ रहेको स्वास्थ्य निर्देशनालयले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
तस्बिरमा हेर्नुहोस् बीपी स्मृति दिवसमा देउवा समूहको कार्यक्रम
-
अमेरिका–इरान युद्धले विश्व तेल प्रशोधन उद्योगमा गहिरियो संकट, कहाँ पुग्ला तेलको भाउ ?
-
चन्द्र ढकालकाे ‘फेक भिडियाे’ बनाएर भ्रम फैलाइयाे
-
बीपी स्मृति ‘ग्रीन रन’मा १ हजार ७६० प्रतिस्पर्धी सहभागी
-
बाँदरले पनि मानिससरह ज्यामितीय आकार बुझ्न सक्छ
-
नजरअन्दाज गरिए पाइला रोकिँदैनन्, हामी अझै लक्ष्मण रेखाभित्रै छौँ : वीरबहादुर बलायर
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण